Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुदूरपश्चिममा लगानीयोग्य ५६ वटा परियोजना पहिचान, प्रदेश लगानी तथा विकास सम्मेलन गरिने

Citizenlife ad 2082 falgun to baishak 2083

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले लगानीयोग्य ५६ वटा परियोजना पहिचान गरेको छ । यसै आधारमा प्रदेश लगानी तथा विकास सम्मेलन गरिने भएको छ । धनगढीमा आयोजित प्रदेश लगानी तथा विकास सम्मेलन पूर्व तयारी बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले यसबारे जानकारी दिएका हुन् । पहिचान गरिएका परियोजनामा रिसोर्ट, वाटर पार्क, र्याफ्टिङ, पाँच तारे होटल, हेलिकप्टर सफारी, कृषि औजार उत्पादन, भेडा च्याङ्ग्रा फार्मिङ, फलफूल उद्योग, यातायात सेवा, केवलकार जस्ता विविध क्षेत्र समेटिएका छन् । यी परियोजनाहरूले सुदूरपश्चिम प्रदेशको आर्थिक विकासलाई थप गति दिने र त्यहाँको स्रोतसाधनलाई प्रभावकारी रूपमा उपयोग गर्दै समृद्धि ल्याउने अपेक्षा गरिएको छ । मन्त्री भण्डारीले ठूलो सम्भावना बोकेको प्रदेशमा आर्थिक र विकास निर्माणका गतिविधिहरू अपेक्षित मात्रामा सञ्चालनमा नहुनु बिडम्बना रहेको बताएका छन् । स्रोतहरूको न्यून परिचालन र अवसरहरूको सीमित उपलब्धताका विशेषगरी पहाडी र हिमाली क्षेत्रका मानिसहरू जीविकोपार्जनका लागि प्रायः न्यून ज्यालामा काम गर्ने गरी मौसमी कामदारको रूपमा भारततर्फ पलायन हुने प्रवृत्ति बढेको भन्दै उनले दुःख व्यक्त गरेका छन् ।

मन्त्री भण्डारीले सुदूरपश्चिमलाई लगानीको आकर्षक गन्तव्य बनाउन सबैको साझा प्रयास आवश्यक रहेको धारणा राखेका छन् । तीनै तहका सरकार र निजीक्षेत्रको साझा प्रयासमा सुदूरपश्चिमलाई लगानीको आकर्षक गन्तव्य बनाउन सकिने उनको भनाइ छ ।

यसै सिलसिलामा हालसम्म न्यून आय भएको देश नेपाल भएकाले विश्व समुदायबाट प्राप्त सुविधाहरूमा मध्यम आय भएको देशको स्तरमा स्तरोन्नति हुँदा कटौती हुन सक्ने भएकाले अब प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने र आर्थिक विकास र वृद्धिलाई टेवा दिने उपायहरू खोज्नु हाम्रो प्राथमिकता हुनुपर्छ ।, भने ।

सुदूरपश्चिम प्राकृतिक स्रोतसाधन, जैविक विविधता, पर्यटन सम्भावना, कृषि, ऊर्जा र पूर्वाधार विकासमा अपार सम्भावना बोकेको प्रदेश हो । यहाँको कुल घरेलु उत्पादनमा कृषि क्षेत्रले ३३ प्रतिशत योगदान पुर्याएको छ । स्रोत साधनको उपयोग र जनसांख्यिक लाभांशका हिसाबले सुदूरपश्चिम प्रदेश अत्यन्त सम्भावनापूर्ण क्षेत्र हो । यस प्रदेशमा प्राकृतिक स्रोत र मानव स्रोतसँग सम्बन्धित विविध र आकर्षक लगानीका अवसरहरू विद्यमान छन् । यहाँ प्रशस्त वनस्रोत, वन उत्पादन, जडीबुटी तथा औषधिजन्य वनस्पति, खानी, जलस्रोत, कृषि क्षेत्रका लागि खेतीयोग्य जमिन र पशुपालनका सम्भावना छन् ।

उनले सम्भावनाहरूको सदुपयोग गरी प्रदेशको आर्थिक, सामाजिक र औद्योगिक रूपान्तरणमा स्वदेशी तथा वैदेशिक लगानी एक महत्वपूर्ण कडी बन्ने विश्वास व्यक्त गरे । त्यस्तै उनले लगानीमैत्री वातावरण निर्माणका लागि प्रतिबद्धता व्यक्त गरेका छन् ।

लगानी सम्भावित क्षेत्रहरूको पहिचान र परियोजना सूची तयार गर्ने, नीति तथा कानूनी सुधारका एजेन्डाहरू संकलन र प्राथमिकता निर्धारण, वैदेशिक प्रतिनिधिमण्डलसँग पूर्व–सम्पर्क र आमन्त्रण प्रक्रिया, संघीय तथा प्रदेश सरकारबीच समन्वय सुदृढ गर्ने संयन्त्रको निर्माण गर्ने सो अवसरमा जानकारी दिइयो । त्यस्तै सम्मेलन लैगानीमैत्री वातावरण निर्माण गरि समृद्ध प्रदेश निर्माणको दिशा केन्द्रीत पाइला भएको बताइएको छ ।

Health Tips Ad Road Block