काठमाडौं । चार दिनदेखि सुनको मूल्य लगातार घटिरहेको छ ।
हिजोको तुलनामा आज पनि मूल्य तोलामा १६ सय रुपैयाँले घटेर सुन प्रतितोला १ लाख ८९ हजार ३ सय रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला २००५ रुपैयाँमा पुगेको छ ।





















