skip this News Page Tips Ad Road Block

कान्तिपुर फर्मास्यूटिकल्सको १७ करोड रुपैयाँको आईपीओ आउँदै, एलिट क्यापिटलसँग सम्झौता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आईपीओ निष्काशनको पाइपलाईनमा रहेको कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडको शेयर अण्डरराईटिग (धितोपत्र प्रत्याभूति)का लागि एलिट क्यापिटल लिमिटेडले जिम्मेवारी लिएको छ । एलिट क्यापिटल र कान्तिपुर फर्मास्यूटिकल्सबिच यस सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । एलिटले कान्तिपुरको १७ करोड रुपैयाँ बराबरको १७ लाख कित्ता साधारण शेयरको प्रत्याभूति गरेको हो । यससम्बन्धि सम्झौतामा कान्तिपुर फर्मास्यूटिकल्सका प्रबन्ध संचालक नवराज पौडेल र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले हस्ताक्षर गरेका छन् ।

कान्तिपुर फर्मास्यूटिकल्सले आईपीओ निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । यसको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।

६३ करोड चुक्ता पूँजी भएको सो कम्पनीले अंकित मूल्य रू. १०० मा १७ लाख कित्ता आईपीओ निष्काशन गर्ने प्रक्रिया शुरु गरेको हो ।

सन् २०१८ सालमा स्थापित भएको यस कम्पनीले भेटेरिनरीसम्बन्धी औषधिहरूको अनुसन्धान तथा पशुपन्छीका लागि आहारपुरक सप्लिमेन्टस् उत्पादन तथा बिक्रीवितरण गरिरहेको छ ।

हाल कम्पनीले औषधि व्यवस्था विभागबाट ६१ वटा औषधिहरूको उत्पादन स्वीकृति प्राप्त गरिसकेको छ । जसमध्ये १३ वटा औषधिहरूको बिक्रीवितरण प्रमाणपत्र प्राप्त गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ । अन्य औषधिहरूको बिक्रीवितरण प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ । साथै कम्पनीले २१ वटा अन्य आहारपुरक सप्लिमेन्टसहरूको समेत उत्पादन तथा बिक्रीवितरण गर्दै आइरहेको छ ।

Health Tips Ad Road Block