skip this News Page Tips Ad Road Block

एमालेको युवा संघ अध्यक्षमा क्षितिज थेबे विजयी, पदाधिकारीमा थेबे प्यानलै आयो

Citizenlife ad 2082 falgun to baishak 2083

पोखरा । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेवे निर्वाचित भएका छन् । संघको १० औं महाधिवेशनले दोस्रो कार्यकालका लागि थेबेको अध्यक्षतामा पदाधिकारी १ बाहेक सबै प्यानलै विजयी भएर नयाँ नेतृत्व सम्हालेको छ । थेबेले आफ्ना प्रतिद्धन्दि सुमन पुरीलाई १८८ मत अन्तरले पराजित गर्दै दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । निर्वाचनमा खसेको १७६४ मतमध्ये थेबेले ७९६ मत पाउँदा पुरीले ६०८ मत प्राप्त गरेका थिए । मंगलबार भएको विद्युतीय मदतानपछि उक्त नतिजा आएको हो ।

पुरी संघको निवर्तमान महासचिव हुन् ।

संघको उपाध्यक्षमा महाराज गुरुङ र विनय शाह, महासचिवमा महेश चौलागाईं, उपमहासचिवमा उपेन्द्र शाही, सचिवमा मदन भण्डारी र अरुण कुँवर, मधेसी सचिवमा मोबिन अख्तर आलम र महिला सचिवमा निशा लिम्बु सुब्बा निर्वाचित भएका छन् । सचिव कुँवर पुरी प्यानलतर्फका हुन् ।

संघको अनुशासन आयोगको अध्यक्षमा महमद निजामुदिन, निर्वाचन आयोगको अध्यक्षमा मदन गिरी र लेखा आयोगको अध्यक्षमा कृष्णदत्त जैसी निर्वाचित भएका छन् ।

प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार संघको दशौं महाधिवेशन उद्घाटन गरेका थिए ।

Health Tips Ad Road Block