skip this News Page Tips Ad Road Block

टिकटकमा मानसिक स्वास्थ्यको लागि गाइडेड मेडिटेसन सुविधा

निद्रा र भावनात्मक स्वास्थ्य सुधार गर्न नयाँ इन–एप टुलको सुरुवात

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । विश्वव्यापी प्रयोगकर्ताको मानसिक स्वास्थ्यमा सहयोग पुर्याकउने उद्देश्यले टिकटकले नयाँ गाइडेड मेडिटेसन सुविधा सार्वजनिक गरेको छ। यो नयाँ इन–एप टुल प्रयोगकर्ताहरूलाई ध्यान र मानसिक सन्तुलन अभ्यास गर्न सजिलो बनाउने उद्देश्यले ल्याइएको हो। साथै टिकटकले २.३ मिलियन डलरको ‘ग्लोबल मेन्टल हेल्थ एजुकेशन फन्ड’ समेत घोषणा गरेको छ, जसले विश्वभरका विश्वसनीय संस्थाहरूलाई सहयोग पुर्याउने बताइएको छ।

विद्यालय जीवनमा रहेका किशोरकिशोरीदेखि दैनिक जिम्मेवारी सम्हालिरहेका युवापुस्तासम्मका सबै प्रयोगकर्ताले यो नयाँ टुल प्रयोग गरेर सजिलो रूपमा मेडिटेसन गर्न सक्नेछन्। टिकटकको यो पहल डिजिटल वेलनेस र प्रविधिमार्फत सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धताको एक महत्वपूर्ण पाटो भएको दाबी गरिएको छ ।

‘मेडिटेशन’ सुविधा सबै प्रयोगकर्ताका लागि उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

मीठो निद्रा र मानसिक स्वास्थ्यमा योगदान

टिकटकले पहिलेबाट सञ्चालनमा रहेको स्लीप आवर फिचरलाई विस्तार गर्दै अब त्यसमा ‘मेडिटेसन’ सुविधा पनि समावेश गरिएको जनाएको छ। यस सुविधामार्फत प्रयोगकर्ताहरूलाई राति सुत्नु अघि शान्त र सन्तुलित महसुस गराउने उद्देश्यले गाइडेड मेडिटेसन उपलब्ध गराइएको कम्पनीको भनाइ छ।
अनुसन्धानहरूले मेडिटेसनले निद्राको गुणस्तर सुधार गर्ने देखाएका छन्। त्यसैले अब यो सुविधा सबै उमेरका प्रयोगकर्तालाई उपलब्ध गराइएको छ। १८ वर्ष मुनिका प्रयोगकर्ताहरूका लागि यो सुविधा स्वतः सक्रिय हुन्छ। राति १० बजेपछि किशोरकिशोरीको फर यु फिडमा मेडिटेसन देखाइन्छ र उनीहरूले अझै स्क्रोल गर्न जारी राखेको खण्डमा मेडिटेसनको दोस्रो स्क्रिन देखिन्छ जसलाई भने सजिलै हटाउन सकिँदैन। हालसालै गरिएको आन्तरिक परीक्षण अनुसार ९८ प्रतिशत किशोरकिशोरीले यो मेडिटेसन फिचर राख्न रोजेको कम्पनीको भनाइ छ ।

वयस्क प्रयोगकर्ताले आफ्नो चाहना अनुसार स्क्रीन टाइम सेटिङमा गई स्लीप आवर सक्रिय गर्न सक्दछन्। आजको व्यस्त दुनियामा आराम धेरै जरुरी हुन्छ।विशेषज्ञहरूले तनाव कम गर्न र ध्यान केन्द्रित गर्न दिनमा कम्तीमा १० मिनेट मेडिटेसन गर्न सुझाव दिने गरेका छन्। जामा इन्टरनल मेडिटेसन एण्ड हावर्ड हेल्थको अध्ययन अनुसार सुत्नुअघि १०–१५ मिनेट ध्यान गर्नाले निद्रा सुधार हुने, चिन्ता घटाउने र भावनात्मक सन्तुलन कायम गर्न सहयोग गर्दछ।

विश्वव्यापी मानसिक स्वास्थ्य शिक्षामा २.३ मिलियन डलरको लगानी

इन–एप सुविधासँगै टिकटकले २२ देशका ३१ मानसिक स्वास्थ्यसम्बन्धी संस्थाहरूसँग साझेदारी गर्दै २.३ मिलियन डलर बराबरको विज्ञापन क्रेडिट दिने घोषणा गरेको छ। यो कोष र टिकटक–नेतृत्वको प्रशिक्षणहरूले साझेदारहरूलाई व्यापक दर्शकहरूमा पुग्नेगरी आकर्षक र विश्वसनीय मानसिक स्वास्थ्यसम्बन्धी कन्टेन्ट सिर्जना गर्न मद्दत गर्नेछ।

मानसिक स्वास्थ्यसम्बन्धी छलफलहरू विस्तार हुँदै गइरहेका दक्षिण एसियाली मुलुकहरूमा पनि यो पहल विस्तार गर्ने टिकटकको योजना छ। टिकटक दक्षिण एसियाकि ट्रस्ट एण्ड रिजनल लिड आस्मा अन्जुम भन्छिन्, ‘नेपालजस्ता दक्षिण एसियाली मार्केटमा मानसिक स्वास्थ्यबारे कुरा गर्नु पहिले अपाच्य मानिन्थ्यो। तर अहिले जनचेतना बढ्दै जाँदा व्यवहारमा सकारात्मक परिवर्तन आएको छ। धेरै मानिस खुलेर कुरा गर्न, सहयोग माग्न र स्वीकार गर्न थालेका छन्। त्यसैले हामी यो सकारात्मक परिवर्तनलाई अघि बढाउन र हाम्रा प्रयोगकर्ताको हितका लागि इन–एप सुविधा र जनचेतनामूलक अभियानमा लगानी गर्न प्रतिबद्ध छौं।’

वेल–बीइंगप्रति निरन्तर प्रतिबद्ध

गाइडेड मेडिटेसन सुविधा र मानसिक स्वास्थ्य फन्डले टिकटकको डिजिटल वेल–बीइंग र सामाजिक प्रभावप्रतिको दीर्घकालीन प्रतिबद्धता देखाउँछ। टिकटकले अहिले शैक्षिक सामग्री, सुरक्षा उपकरणहरू र अभिभावकीय नियन्त्रण सुविधा पनि थप्दै छ जसले विशेषगरी युवा प्रयोगकर्ताहरूका लागि स्वस्थ डिजिटल व्यवहारलाई प्रवर्द्धन गर्छ। ह्या गिभिङ एसजेएन जस्ता च्यारिटी अभियानहरू, स्टीमः अध्ययनका सामग्रीहरू वा हराएका बालबालिकाका लागि एएमबीइआर अलर्टजस्ता पहलमार्फत टिकटकले मनोरञ्जनसँगै सामाजिक प्रभाव पनि पुर्याउने लक्ष्य राखेको बताएको छ।

प्रविधि, समुदायको सहभागिता र गैर–नाफामूलक संस्थासँगको सहकार्यमार्फत टिकटकले आफूलाई मनोरञ्जन मात्र होइन, सकारात्मक परिवर्तन ल्याउने प्लेटफर्मका रूपमा प्रस्तुत गर्न खोजेको बताएको छ।

Health Tips Ad Road Block