skip this News Page Tips Ad Road Block

अर्थमन्त्री विष्णु पौडेलद्धारा संसदमा आर्थिक वर्ष २०८१/०८२ को आर्थिक सर्वेक्षण पेश हुँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज बस्ने संसद बैठकमा आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम रहेको छ । अर्थमन्त्री पौडेलले प्रतिनिधिसभाको बैठकमा आर्थिक सर्वेक्षण आर्थिक वर्ष २०८१/८२ पेश गर्न लागेका हुन् । प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाईएको छ ।

संसदको कार्यसूचिअनुसार आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसम्बन्धी मौखिक प्रत्रहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यक्रम रहेको छ ।

बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन, २०८२ पेस गर्ने कार्यक्रम छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिसोर साह सुडीले (क) बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि पनि रहेको छ । उनले (ख) बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ प्रस्तुत गर्ने कार्यसूचि पनि छ ।

प्रतिनिधिसभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचिसमेत रहेको छ ।

Health Tips Ad Road Block