काठमाडौं । बैतडीको खलंगा क्षेत्रमा ५.१ रेक्टर स्केलको भूकम्प गएको छ ।
राति १ बजेर ४८ मिनेटमा उक्त भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको केन्द्र बैतडीको खलंगा आसपास रहेको र भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिका अन्य जिल्लाहरुमा महसुस गरिएको स्थानीयहरुले बताएका छन् ।






















