Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

निर्यात उल्लेख्य बढेपनि पोहोरभन्दा नेपालको व्यापार घाटा बढ्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । मुलुकमा विस्तारै आर्थिक गतिबिधि चलायमान हुन थालेपछि आयात–निर्यातमा दुवैतिर सुधार देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आवको १० महिनाको तथ्याँकले यस्तो बताएको हो । यो अबधिमा निर्यात ७२.७१ प्रतिशतले बढेर २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । विभागका अनुसार गत वर्ष यही अवधिमा १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । तथ्याँकले प्रशोधित खाने तेलको निर्यात बढेपछि कुल निर्यातमा वृद्धि भएको देखाएको छ । त्यसमध्ये पनि भटमासको हिस्सा धेरै रहेको पाइएको छ । व्यवसायीले तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गरी नेपालमा प्रशोधन गरेर यसलाई निर्यात गर्ने गरेका छन् ।

१० महिनामा आयात भने १३.११ प्रतिशतले बढेर १४ खर्ब ७४ अर्ब १८ करोड ८२ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा १३ खर्ब ३ अर्ब ५७ करोड रुपैयाँको निर्यात भएको थियो । नेपालको निर्यातमा उल्लेख्य वृद्धि देखिएपनि आयातको परिणाम ठूलो हुँदा नेपालको व्यापार घाटा ६.७२ प्रतिशतले बढेर १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ रहेको थियो ।

यस अवधिमा नेपालको वैदेशिक व्यापार भने १८.३७ प्रतिशतले बढेर १६ खर्ब ९२ अर्ब नौ करोड ९३ लाख पुुगेको छ । गत आवको सोही अवधिमा भने नेपालको यस्तो वैदेशिक व्यापार घाटा १४ खर्ब २९ अर्ब ५३ करोड थियो । १० महिनामा सबैभन्दा धेरै डिजेल एक खर्ब २३ अर्ब ८९ करोड ७७ लाख रुपैयाँको आयात भएको छ ।

यस्तै ८१ अर्ब ८९ करोड ६३ लाख रुपैयाँ बराबरको भटमासको कच्चा पदार्थ आयात भएको छ । ५१ अर्ब ८१ करोड ९१ लाख ३१ हजार रुपैयाँको खाना पकाउने एलपी ग्यास आयात भएको छ । ५३ अर्ब ५८ करोड ७९ लाख रुपैयाँको पेट्रोल आयात भएको छ । १८ अर्ब ८९ करोड ६३ लाख रुपैयाँको धान आयात भएको छ । १० महिनामा सबैभन्दा धेरै ८ खर्ब ८० अर्ब ५२ करोडको व्यापार छिमेकी मुलुक भारतसँग भएको छ ।

नेपालको एक सय त्रिसट्ठी मुलुकसँग वैदेशिक व्यापार हुने गरेको विभागको तथ्याँक छ ।

Health Tips Ad Road Block