काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । सुनको मूल्य तोलामा ३ हजार ५ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको हो ।
मूल्य घटेर सुन प्रतितोला १ लाख ८१ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी प्रतितोला १९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





















