काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि बनाइएको सिफारिस समिति पुनर्गठन भएको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समिति पुनर्गठन गरेको हो। समितिमा विज्ञ सदस्यका रुपमा डा. पोषराज पाण्डेलाई नियुक्त गरिएको छ । अर्का सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी यथावत रहेका छन् ।
समितिका सदस्य डा. विश्व पौडेलले सम्भावित गभर्नर नियुक्तिको चर्चा भएपछि राजीनामा दिएपछि समिति पुनर्गठन गरिएको हो।
डा. पौडेलको स्थानमा अर्थविद् डा. पाण्डेको नियुक्ति भएको हो ।





















