Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

जेठका लागि अधिकाँश बैंकको ब्याजदर स्थिर, कुनको कति ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । जेठ महिनाका लागि अधिकाँश वाणिज्य बैंकले पुरानै ब्याजदरलाई निरन्तरता दिएका छन् । प्रकाशित सूचनाअनुसार १४ वाणिज्य बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदरलाई यथावत कायम गरेका छन् । ३ वटाको घटेको छ भने ३ वटाको बढेको छ । बैंकहरुको जेठ महिनाको औसत ब्याजदर भने घटेको छ । वैशाखमा ५.९७ प्रतिशत विन्दुमा रहेको व्यक्तिगत मुद्दती निक्षेपको अधिकत्तम ब्याजदरको औसत जेठ महिनामा ५.९५ प्रतिशत विन्दुमा झरेको छ ।

नेपाल बैंक, एभरेष्ट बैंक र सानिमा बैंकले जेठका लागि ब्याजदर बढाएका छन् भने नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, कुमारी बैंक र सिद्धार्थ बैंकले ब्याजदर घटाएका छन् ।

जेठका लागि कुनको कति ब्याजदर ?

जेठ महिनाका लागि एभरेष्ट बैंकले ६.६४, एनएमबि बैंकले ६.६, एनआइसी एसिया बैंकले ६.६, सानिमा बैंकले ६.३३, प्राइम कमर्सियल बैंकले ६.२५, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ६.२५ प्रतिशत ब्याज कायम गरेका छन् । त्यसैगरी प्रभु बैंकले ६.१, ग्लोबल आइएमई बैंकले ६, माछापुच्छ्रे बैंकले ६, राष्ट्रिय वाणिज्य बैंकले ६, कुमारी बैंकले ५.९१, लक्ष्मी सनराइज बैंकले ५.७५, नबिल बैंकले ५.७५, सिद्धार्थ बैंकले ५.७५, सिटिजन्स इन्टरनेशनल बैंकले ५.६५ प्रतिशत ब्याज कायम गरेका छन् । त्यस्तै कृषि विकास बैंकले ५.५१, नेपाल एसबीआई बैंकले ५.५, हिमालयन बैंकले ५.५, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५.५ र नेपाल बैंकले ५.४५ प्रतिशत ब्याज तोकेका छन् ।

Health Tips Ad Road Block