काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर सिफरिस समितिबाट डा. विश्व पौडेलले राजीनामा दिएका छन् । उनलाई गभर्नरमा नियुक्त गर्न नेकपा एमाले र नेपाली काँग्रेसबीच सहमति भएपछि उनले समितिबाट राजीनामा दिएका हुन् ।
यसअघि राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणकर भट्टलाई गभर्नर बनाउन दुई दलबीच सहमति भएको थियो । तर भट्टको नाममा प्रधानमन्त्री ओली असहमत भएपछि नयाँ विकल्पमा डा. पौडेल आएका हुन् ।