skip this News Page Tips Ad Road Block

भुकृटीमण्डपमा जारी नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलामा उल्लेख्य दर्शकको सहभागिता

काठमाडौं । काठमाडौंको भुकृटीमण्डपमा जारी नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ मा शनिबार उल्लेख्य दर्शकले मेला अवलोकन गरेका छन् । त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी तथा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि मेला अवलोकन गरेका छन् ।

नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय/ व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीइपीसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघको सहआयोजनामा सुरु भएको मेलाको वैशाख २५ गतेबाट मन्त्री भण्डारीले नै उद्घाटन गरेका थिए ।

विभिन्न स्टलहरुको अवलोकन गर्दै मन्त्री भण्डारीले नेपाली उद्योगी व्यवसायीहरुलाई उत्पादनको प्रवद्र्धन तथा बजारिकरणमा मेला सहयोगी देखिएको प्रतिक्रिया दिए। मन्त्री भण्डारीले स्वदेशी तथा विदेशी स्टलहरुमा पुगी वस्तुको उत्पादन तथा बजारको बारेमा व्यवसायीहरको प्रतिक्रिया लिएका थिए ।

यस्तै महासंघका अध्यक्ष ढकालले पनि मेला अवलोकन गर्दै मेलामा नेपाली स्वदेशी तथा विदेशी वस्तुहरुको खरिदमा दर्शकहरुको चासो देखिएको बताए ।

नेपाल, चीन र बंगलादेशका गरि १२० बढी स्टल रहेको मेलामा विभिन्न देशका व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट र छलफलले द्विपक्षीय व्यापार र लगानीका अवसरहरूका बारेमा पनि छलफल भएको छ । महासंघले वार्षिक क्यालेन्डर कार्यक्रमका रुपमा आयोजना गरिएको मेला वैशाख २९ गतेसम्म चल्नेछ ।

Health Tips Ad Road Block