Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नाडाको पहलमा व्यवसायजन्य शुरक्षा र स्वास्थ्यसम्बन्धी तालिम सम्पन्न

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले इन्स्योर परियोजनासँगको सहकार्यमा व्यवसायजन्य शुरक्षा र स्वास्थ्यसम्बन्धी दुई दिने तालिम सम्पन्न गरेको छ । तालिमले अटोमोबाइल वर्कशपहरुमा शुरक्षा, स्वास्थ्य र कल्याणसम्बन्धी चेतना र व्यवहारमा कसरी सुधार ल्याउन सकिन्छ भन्ने उद्देश्य राखेको थियो । विभिन्न प्राविधिक पृष्ठभूमिका व्यक्तिहरु सहभागी भएको सो तालिम कार्यक्रममा जोखिम व्यवस्थापन लगायत कार्यस्थलका जोखिमहरू, त्यसको रोकथामका रणनीतिहरू र अटोमोबाइल उद्योगमा शुरक्षा संस्कृतिहरुका सम्बन्धमा जानकारीहरु प्रदान गरिएको थियो ।

नाडाका १२ सदस्य कम्पनीहरुबाट २० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको सो तालिम कार्यक्रममा नेपालका ओयसयच विज्ञ दिनेशप्रसाद साहले प्रशिक्षण दिएका थिए । नाडाले इन्स्योर परियोजनासँगको सहकार्यमा यस किसिमको तालिम कार्यक्रम पहिलो पटक आयोजना गरेको हो । इन्स्योरसँगको सहकार्यमा नाडाले दुई बर्ष अघिदेखि अटोमोवाइलसँग सम्बन्धित विभिन्न विषयहरुमा तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । नाडाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यस किसिमका तालिम कार्यक्रमहरु सञ्चालन गरेको जनाएको छ ।

तालिमको अन्तिम दिन नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल तथा इन्स्योर परियोजनाका डेपुटी टिम लिडर संजिव कुमार राईले २० जना प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रममा नाडाका केन्द्रिय कार्य समिति सदस्य प्रदिपमान प्रधान र इन्स्योर परियोजनाका निजी क्षेत्र संलग्नता विशेषज्ञ लोक राज जोशी समेतको उपस्थिति रहेको थियो । सो तालिम कार्यक्रमको संयोजन तथा व्यवस्थापन नाडाका तालिम कोओर्डिनेटर आरजु श्रेष्ठले गरेका थिए ।

Health Tips Ad Road Block