Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एनएमबि बैंकको अगुवाइमा २४.८ मेगावाट क्षमताको बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । एनएमबि बैंक लिमिटेड., कृषि विकास बैंक लिमिटेड तथा बज्र इनर्जी भेन्चर्स प्रालिबीच २४.८ मेगावाट क्षमताको कास्की जिल्ला, मादी गाउँपालिकामा अवस्थित बज्र मादी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ । यस आयोजनामा एनएमबि बैंक लिमिटेड अगुवा बैंक रहने छ । २४.८ मेगावाट क्षमता रहेको बज्र मादी जलविद्युत आयोजनाको करिब लागत रु.५ अर्ब ३५ करोड रहने जानकारी गराईएको छ भने बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी रु. ३ अर्ब ७४ करोड ५० लाख रहनेछ । एनएमबि बैंक लिमिटेडले हालसम्म ५० वटा भन्दा बढी जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको जनाएको छ ।

त्यसैगरी सोही समूहबाट लगानी गरेको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडद्वारा कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका तथा पोखरा महानगरपालिकामा प्रवद्र्वित २५ मेगावाट क्षमता रहेको सेती नदी जलविद्युत आयोजना वि.सं. २०८१ साल कार्तिक २७ गते मध्यान्ह १२ बजेदेखि व्यापारिक उत्पादन सुरु भएको जानकारी गराइयो । उक्त आयोजना एनएमबि बैंकको अगुवाईमा कर्माचारी सञ्चय कोष तथा कृषिविकास बैंकले ऋण लगानी गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी इन्भारोमेन्टल एण्ड सोसियल रिस्क म्यानेजमेन्ट–२०२२ को निर्देशनअनुसार एनएमबि बैंकले वातावरणीय तथा सामाजिक नीति तयार पारी त्यस बमोजिम बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागु गरिसकेको छ ।

Health Tips Ad Road Block