skip this News Page Tips Ad Road Block

भेटायोको आकर्षक वार्षिक मर्मत सम्झौता प्याकेजहरू ग्राहकलाई

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपालकै अन–डिमान्ड प्रोफेशनल सर्भिस प्लेटफर्म भेटायोले वार्षिक मर्मत सम्झौता प्रदान गर्दै आएको जानकारी गराएको छ । सीटीइभीटीबाट मान्यता प्राप्त दक्ष प्राविधिकहरुबाट ग्राहकलाई सेवा दिँदै आएको यस प्याकेजमा विशेषगरी ठूला व्यवसायिक ग्राहकहरु लक्षित रहेको कम्पनीले जनाएको छ ।

एपीपीमार्फत नै ग्राहकलाई आवश्यक सेवाहरु बुकिङ गर्न सकिने यस भेटायो एपमा प्लम्बिङ, इलेक्ट्रिकल, पेष्ट कन्ट्रोल, लन्ड्री, लगायत १५ भन्दा बढी सेवाहरु उपलब्ध रहेको जनाएको छ । भेटायो ग्राहकहरुको लागि सबै आवश्यक सेवाहरु एकै ठाउँमा पाउन सकिने दरिलो माध्यम भएको कम्पनीको भनाइ छ ।

वार्षिक मर्मत सम्झौता प्याकेज भेटायोले ग्राहकलाई एक वर्षसम्म नियमितरूपमा मर्मत, जाँच र आवश्यक सेवा उपलब्ध गराउने सेवा सम्झौता रहेको कम्पनीको भनाइ छ । यो प्याकेज अन्तर्गत ग्राहकले चाहेको कुनैपनि सेवाहरु निश्चित शुल्क लिई सेवा प्रदान गरिने कम्पनीले जनाएको छ ।

यो प्याकेज विशेषगरी शिक्षा, स्वास्थ, वित्तीय क्षेत्र, सरकारी कार्यालय, होटेल तथा रेष्टुरेन्ट, कर्पोरेट लगायत अन्य व्यवसायिक भवनहरुको लागि तयार पारिएको प्याकेज भएको कम्पनीले जनाएको छ । यसमा ग्राहकले सम्झौताअनुरुप मर्मत र नियमित जाँच सेवा प्राप्त गर्नेछन् । यो प्याकेज लिएपश्चात सम्झौताअनुरुप सम्बन्धित ग्राहकको सर्भिससम्बन्धी सम्पूर्ण कामको जिम्मेवारी भेटायोले नै लिने बताएको छ।

रुटिन चेकअप, १ घण्टाभित्र सेवा प्रदान, निःशुल्क परामर्श (हटलाइन वा प्रत्यक्ष), निःशुल्क सेवा निरीक्षण, ३० दिनको सर्भिस वारेन्टी,अफ–आवर सेवा, गुणस्तरीय समानको प्रयोग, जब कार्ड, त्रैमासिक रिपोर्ट, सिटीइभिटीबाट मान्यता प्राप्त टेक्निसियन जस्ता विशेषता रहेका छन् ।

वार्षिक मर्मत सम्झौता प्याकेजहरु रु.१५०० बाट शुरु हुने कम्पनीले जनाएको छ ।

Health Tips Ad Road Block