Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

साइमेक्स इंकद्वारा देशभर बीवाईडी एक्सचेन्ज क्याम्पेनको घोषणा, बीवाईडी ईभी किन्ने उपयुक्त समय भएको दाबी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले देशव्यापी रुप्मा बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेनको घोषणा गरेको छ । मे ७ देखि १० अर्थात् बैशाख २४ देखि २७ सम्म आयोजना हुने सो अफर अन्तर्गत ग्राहकले छुटाउनै नहुने मौका पाउने छन्, जसमा फ्युचर अफ मोबिलिटी अर्थात् बीवाईडी इलेक्ट्रिक गाडीमा अपग्रेड हुन सकिने छ ।

मेगा एक्सचेन्ज अवधिमा ग्राहकले आफूसँग भएको कुनै पनि ब्रान्ड वा मोडलको गाडीसँग साटेर बीवाईडी एट्टो ३, बीवाईडी डल्फिन र बीवाईडी एम६ लिन सक्नु हुनेछ र यसका लागि बेस्ट–इन–इन्डष्ट्रि भ्यालुएसन प्राप्त गर्न सकिने छ ।

यस अन्तर्गत आकर्षक एक्सचेन्ज बोनस, १ वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स, १० वर्षको एक्सटेन्डेड वारेन्टी, ८० प्रतिशत सम्म फाइनान्सिङ र स्पेसल नगद छुट उपलब्ध हुनेछ ।

थप सुविधाको रुपमा, सो चार दिने मेगा एक्सचेन्जमा बीवाईडी गाडी बुकिङ गर्ने ग्राहकलाई लक्की ड्रमा सहभागी हुने मौका प्राप्त हुनेछ । तीन जना लक्की ड्र विजेतालाई आफूले किनेको गाडीमा १२ महिना सम्मको किस्ता निःशुल्क अर्थात फ्रि ईएमआई उपलब्ध हुनेछ ।

सो एक्सचेन्ज क्याम्पेन देशभरका सहरमा रहेका बीवाईडीका निम्न शोरुम तथा अन्य विशेष स्थलमा आयोजना हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार

चितवन – बीवाईडी पार्क, चितवन
बुटवल – भेल्भेट लक्स होटल
भैरहवा – बोधी रेडसन
नेपालगन्ज – बीवाईडी नेपालगन्ज शोरुम
दाङ – माला इन
धनगढी – होटल रुबस
विर्तामोड – टाइमलेस मोमेन्ट्स होटल
दमक – बीवाईडी शोरुम, दमक
इटहरी – बीवाईडी शोरुम, इटहरी
विराटनगर – बीवाईडी शोरुम, विराटनगर
जनकपुर – बीवाईडी शोरुम, जनकपुर
लहान – बीवाईडी शोरुम, लहान
वीरगन्ज – बीवाईडी शोरुम, वीरगन्ज
पोखरा – रोयल महल बैंक्वेट
ललितपुर – सत्कार फाइन डाइन
पेप्सीकोला – म्याजेस्टिक बैंक्वेट, पेप्सीकोला
कोटेश्वर – रोयल लाउन्ज बैंक्वेट एन्ड रेष्टुरेन्ट
सोल्टीमोड – ल्यान्डमार्क रिसेप्सन
सातदोबाटो – सेल्सबेरी, सातदोबाटो
नक्साल – आम्रपाली बैंक्वेट
मा एक्सचेन्ज क्याम्पेन हुनेछ ।

‘नयाँ अर्थिक वर्ष आउन लागेको र ईभीको करमा समेत परिवर्तन हुने हल्ला चलिरहेको समयमा दिगो मोबिलिटीको क्षेत्रमा आफूलाई लैजाने यो उपयुक्त समय हो र यसरी स्विच हुनका लागि मेगा एक्सचेन्ज अफरले उपलब्ध गराउने अतुलनीय मूल्य, वित्तीय लचकपना र विशेष लाभले अझै सहज बनाउने छ ।’, साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले भने ।

Health Tips Ad Road Block