skip this News Page Tips Ad Road Block

सरकारद्धारा उद्योगी राठीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । ६ दशक देखि चियारोपण, प्रसोधन, बजारीकरण र निर्यातमा योगदान गरिरहेका उद्योगी राम कुमार राठीलाइ सरकारले लाइफटाइम अचिभमेन्ट अवार्ड आवर्ड प्रदान गरेको छ । उधोगी राठीलाइ २९औं राष्ट्रिय चिया दिवसकाअवसरमा राष्ट्रिय चिया तथा कफी बिकाश बोर्डले अवार्ड प्रदान गरेको हो । कृषि तथा पशुपंची विकासमन्त्री एवम बोर्डका अध्यक्ष रामनाथ अधिकारी र बोर्डका कार्यकारी निर्देशक फाइन्द्रराज पाण्डेले राठीलाइ दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरे ।

राठी नेपालका पहिलो टि टेस्टर (चिया परिक्षक) हुन् । उनले टेस्टिंगप्लान्टेशन एंड म्यानुफ्याक्चारिंगमा स्नातकोत्तर गरेका छन् । पच्चिस वर्षको उमेरमा चीन गएका बेला त्यहाँको टि टेस्टिंग हेरे पछि उनी यस क्षेत्रतर्फ आकर्षित भएका थिए । चीनबाट फर्के लगत्तै राठी ईलाम टि गार्डेनमा पुगे त्यहाँ प्रबन्धकका रुपमा कार्यरत बेलायती नागरिक प्रोसरबाट चियाबारे आधारभूत ज्ञान लिए ।

सन् १९६८ देखि १९७० सम्मडी।सी धोष एण्ड कम्पनी प्रालि कोलकत्ताको एक ब्यापारिक प्रतिष्ठानमा टि टेस्टर तालिममा लिएर अभ्यास गरि उनी नेपाल फर्किए । उनले १९७२ मा आरके ओभेरसिज कम्पनी स्थापना गरेर चियाको निर्यात गर्न थाले । त्यति बेला उनि ईलामको चिया बजारीकरण गर्न जर्मनी, डेनमार्क, स्विडेन, हल्याण्ड, बेलायत, फ्रान्स, स्विट्जरल्याण्ड, अस्ट्रिया, इजिप्टर इरान सम्म पुगेका थिय त्यस पछि उनको निर्यात ब्यापारमा गुणात्मक वृद्धि हुन थाल्यो ।

वि.सं २०३३ सालमा हिमाल चिया उद्योग प्रालिको स्थापना भएको, वि।सं २०४६ सालमा पहाडी भेगमा नेपाल अधिराज्य भरिमा निजी क्षेत्रबाट चिया उत्पादन गर्ने पहिलो कारखाना ईलाम जिल्लाको मालुममा हिमालयन रेन्ज चिया उधोग प्रालिको स्थापना गर्न सफल भएको उनले २०६३ मा झापाको हल्दीबारीमा सिटिसी चिया उत्पादन गर्न सुनकोशी चिया उद्योगको स्थापना, २०७२ मा ईलाम को शान्तिडाँडामा अर्गानिक चिया उत्पादन गर्ने हिमालयन भ्याली प्रालि उद्योगको स्थापना गरे ।

हाल उनले “राकुरा” ब्रान्डमा सिटिसी र अर्गानिक चिया उत्पादन, निर्यात गर्दै आएका छन् ।

Health Tips Ad Road Block