ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

इटालीमा ४०० अर्डर पाएको फोटोन टुनल्याण्ड G7 अब चाँडै नेपालमा सार्वजनिक हुँदै

काठमाडौं । चिनियाँ अटो निर्माता कम्पनी फोटोन मोटरले हालैका दुई महत्वपूर्ण उपलब्धीहरूका साथ आफ्नो अन्तर्राष्ट्रिय विस्तारलाई तीव्र बनाएको छ। कम्पनीले आफ्नो टुनल्याण्ड G7 पिकअप ट्रकको लागि इटालीमा ४०० अर्डर प्राप्त गरेको छ भने मेक्सिकोमा नयाँ एसेम्बली प्लान्ट बनाउन १०० मिलियन अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ। यी उपलब्धीहरूले युरोप र अमेरिकामा विस्तार गर्ने फोटोनको महत्त्वाकांक्षी रणनीति स्पष्ट पार्दछन्।

इटालीमा टुनल्याण्ड G7 ले युरोपियन युनियनको कडा EU Whole Vehicle Type Approval (WVTA) मापदण्ड पूरा गरेपछि ध्यान तानेको हो। वातावरणीय र सुरक्षासम्बन्धी मापदण्डहरू पूरा गरेको प्रमाणस्वरूप प्राप्त यस स्वीकृतिले फोटोनलाई युरोपियन युनियनभर गाडी बिक्री गर्न कानुनी अनुमति दिएको छ। स्वीकृति प्राप्त गरेपछि कम्पनीले दुई चरणमा ४०० युनिट टुनल्याण्ड G7 इटाली पठाएको छ। यसको बलियो पर्फर्मेन्स, आधुनिक फिचरहरूर दरिलो डिजाइनले प्रतिस्पर्धात्मक र गुणस्तरीय उत्पादनको माग भएको युरोपेली बजारमा राम्रो प्रभाव जमाएको छ।

टुनल्याण्ड G7 मा बेलायती इन्जिनियरिङ कम्पनी रिकार्डोको सहकार्यमा विकास गरिएको २.० लिटर क्षमताको डिजेल इन्जिन रहेको छ। यसमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एयरब्याग र इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोलजस्ता आधुनिक सुरक्षा सुविधाहरू छन्। कार्यक्षमता र आरामको संयोजनका कारण टुनल्याण्ड G7 लोकप्रिय बन्दै गएको छ।

इटालीमा सफलता मनाइरहँदा फोटोनले पश्चिमतर्फ पनि ध्यान दिइरहेको छ। कम्पनीले मेक्सिकोको ट्लाहोमुल्को दे जुनीगा, जालिस्कोमा नयाँ पिकअप ट्रक एसेम्बली प्लान्ट निर्माणमा १०० मिलियन अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ। यो प्लान्टले वार्षिक १२,००० युनिट उत्पादन गर्ने लक्ष्य लिएको छ। यहाँ पेट्रोल, डिजेलर हाइब्रिड इन्जिनयुक्त पिकअपहरू उत्पादन हुनेछन् । भविष्यमा विद्युतीय गाडीहरू पनि एसेम्बल गरिने सम्भावना छ।

फोटोनको लागि मेक्सिकोको निर्णय रणनीतिक छ। यसले कम्पनीलाई ल्याटिन अमेरिकी र उत्तर अमेरिकी बजारहरूको नजिक पुर्‍याउँछ जसले ढुवानी खर्च घटाउनुका साथै छिटो डेलिभरीलाई पनि सम्भव बनाउँछ। स्थानीय उत्पादनले क्षेत्रीय रुचि र नियमअनुसार गाडी समायोजन गर्न पनि मद्दत गर्छ। मेक्सिकोको भौगोलिक अवस्थिति र व्यापार सम्झौताहरूले यसलाई दुवै अमेरिकी महाद्वीपमा निर्यातका लागि उपयुक्त बनाउँछ।

अब, टुनल्याण्ड G7 चाँडै नै नेपालमा पनि स्टाइल, पर्फर्मेन्स र आरामको संयोजनसहित प्रवेश गर्न लागेको छ। यसमा १६० पीएस पावर र ३९० एनएमटर्क उत्पादन गर्ने क्षमता छ, जसमा नेपालका कठिन भू-भागहरूका लागि उपयुक्त हुने करिब २२५ मिमि ग्राउन्ड क्लियरेन्स रहेको छ। यसमा पुश-स्टार्ट फङ्सन, हिल-होल्ड कन्ट्रोलर हिल-डिसेन्ट कन्ट्रोलजस्ता सुरक्षा सुविधाहरू छन्, जसले उकालो-ओरालोमा सहज र सुरक्षित ड्राइभिङ अनुभव दिन्छ।गाडीको भित्री भागमा १२.३ इन्चको इन्फिनिटी क्रिस्टल डिस्प्ले, अटोमेटिक क्लाइमेट कन्ट्रोल, तताउने र चिस्याउने क्षमतासहित १२ तरिकाले इलेक्ट्रिक एड्जस्ट गर्न सकिने सिटहरू छन्। प्यानोरामिक ग्लासरूफले प्रिमियम अनुभूति थप्नेछ, जसले टुनल्याण्ड G7 लाई आफ्नो सेगमेन्टमा शिर्ष स्थानमा उभ्याउनेछ।

इटालीमा मजबुत वृद्धि र मेक्सिकोमा ठूलो उत्पादन लगानीको साथ फोटोन विश्व बजारमा आफूलाई थप परिचित र भरपर्दो ब्रान्ड बनाउने दिशामा अग्रसर देखिन्छ। आधुनिक प्रविधि, स्मार्ट व्यापार रणनीति र स्थानीय आवश्यकता बुझ्ने दृष्टिकोणको संयोजनमार्फत कम्पनी अन्तर्राष्ट्रिय पिकअप उद्योगमा बलियो ब्राण्ड बन्न खोजिरहेको छ।

Health Tips Ad Road Block