Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

बालेनले गरीखान नदिएको भन्दै मन्त्रीलाई ज्ञापनपत्र, ज्यानको सुरक्षा गरिदिन माग

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । कवाड व्यवसायी समाज नेपालले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई ज्ञापनपत्र बुझाएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले आफूहरूलाई व्यवसाय गरेर गरीखान नदिएको भन्दै समाजले आज सोमबार मन्त्री गुप्तासमक्ष ज्ञापनपत्र बुझाएको हो ।

काठमाडौं महानगरपालिकाले विगत १८ महिनादेखि गुणगर्दी शैलीमा कवाड व्यवसायीहरूमाथि कुटपिट तथा अमानवीय व्यवहार गर्दै आएको भन्दै उनीहरूले आफ्नो पेशागतसहित जिउधनको सुरक्षाका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग हारगुहार गरेका हुन् ।

‘काठमाडौं महानगरपालिकाले विगत १८ महिनादेखि आफ्ना प्रहरी परिचालन गरी गुण्डागर्दी शैलीमा कवाड व्यवसायी, सङ्कलक मजदुरहरूमाथि कुटपिट गर्ने, अपहरण गर्ने र कवाड व्यवसायका संरचनाहरू भत्काउने, सङ्कलक र मजदुरका साइकल र सामान जफत गर्ने काम गरिरहेको छ,’ ज्ञापनपत्र बुझाउँदै समाजका अध्यक्ष राम केवल गुप्ताले भने, ‘काठमाडौं महानगर प्रहरीको कुटपिटका कारण कवाड व्यवसायी र सङ्कलहरूको टाउको फुटेको र अङ्गभङ्ग भएका छन् । खासगरी भन्ने हो भने काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले काठमाडौं महानगरबाट गरिब जनता गरीखाने वर्गलाई हटाउने खोजेका छन् ।’

कवाड व्यवसायी र सङ्कलकमाथि भइरहेको यो प्रकारको महानगरको गुण्डागर्दी र ज्यादतीलाई तत्काल रोक्न लगाई व्यवसायीको जिउधनको रक्षा गरिदिन उनीहरूले मन्त्री गुप्तासमक्ष अनुरोध गरेका छन् ।

उनीहरूले कवाडी व्यवसायीहरू नेपाल सरकारको प्रचलित कानुनबमोजिम सम्बन्धित निकायको अनुमतिमा काठमाडौं महानगरपालिकाको विभिन्न वडाहरूमा कवाड व्यवसाय सञ्चालन गर्दै आएको, वर्षौंदेखि कवाड व्यवसाय गर्दै आएका कवाड व्यवसायीहरूले सरकारलाई तिर्नु पर्ने कर तिर्दै आएको, देशमा सञ्चालित उद्योगहरूलाई चाहिने कच्चा पदार्थ कवाड व्यवसायीले आपूर्ति गर्दै आएको, वातावरणीय सरसफाइमा योगदान रहँदै र्आको र देशको व्यापार घाटा कम गर्न कवाड व्यवसायको भूमिका खेल्दै आएको जानकारी पनि मन्त्री गुप्तालाई गराएका छन् ।

अध्यक्ष गुप्ताका अनुसार हाल यो व्यवसायमा एक लाख मानिस प्रत्यक्ष रोजगारमा आवद्ध छन् ।

Health Tips Ad Road Block