skip this News Page Tips Ad Road Block

संसदको बजेट अधिवेशन आजदेखि शुरु

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । संघीय संसदको बजेट अधिवेशन आज शुक्रबारदेखि शुरु हुँदैछ । यसलाई नियमित बजेट अधिवेशन भनिन्छ । हिउँदे अधिवेशन अन्त्य भएको तीन सातापछि बजेट अधिवेशन शुरु हुन लागेको हो ।

आज दिउँसो १ बजेका लागि दुवै सदको पहिलो बैठक बोलाइएको छ । बजेट अधिवेशनको शुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित शिर्ष नेताहरुले समसामयिक विषयमा सम्बोधन गर्ने तयारी रहेको छ ।

आन्दोलित शिक्षकका माग सम्बोधन गर्नुपर्ने, संघीय निजमती विधेयक पारित गर्नुपर्ने लगायत दबाबमा सरकार रहेको अवस्थामा बजेट अधिवेशन शुरु भएको हो ।

यसैगरी यही अधिवेशनमा सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गरिनेछ र वैशाख १९ गते संघीय संसदमा यसलाई पेस गर्ने तयारी गरिएको छ । अधिवेशनमा बजेटका सिद्धान्त र प्राथमिकतामा व्यापक छलफल हुनेछ । वैशाख अन्तिम साता बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्ने सरकारी तयारी छ । यसमाथि छलफल सकिएपछि संघीय संसदमा वार्षिक बजेट पेस गरिनेछ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बजेट पेस हुने छ ।

Health Tips Ad Road Block