काठमाडौं । नेपालमा स्थापित निर्जीवन बीमा कम्पनीहरुमध्ये अग्रणी बीमा कम्पनी प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । एक सूचना जारी गरी इन्स्योरेन्सले चार्टर्ड अकाउन्टेन्ट, अफिसर, सिनियर अफिसर, ए.एम., डी.एम. पदका लागि कर्मचारी माग गरेको हो ।
इन्स्योरेन्सले चार्टर्ड अकाउन्टेन्ट पदमा दुई जना कर्मचारी माग गरेको छ । यसका लागि सीए पास गरेको र कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। बीमा क्षेत्रमा अनुभव भएकालाई प्राथमिकता दिइने र एनएफआरएस–१७ मा ज्ञान र नीति–नियमअनुसार कार्य गर्न सक्ने क्षमता चाहिने कम्पनीले उल्लेख गरेको छ।
त्यस्तै अफिसर, सिनियर अफिसर, ए.एम. वा डी.एम. पदका लागि केही संख्यामा कर्मचारी माग गरिएको सूचनामा उल्लेख छ। यसका लागि कम्तीमा स्नातक तह पास गरेको हुनु पर्ने, बीमा बजार व्यवस्थापनमा अनुभव, कम्प्युटर र इन्टरनेटको ज्ञान, ग्राहकसँग सरल व्यवहार गर्न सक्ने र योजनाबद्ध रूपमा काम गर्न सक्ने व्यक्तिलाई प्राथमिकता दिइने कम्पनीले उल्लेख गरेको छ ।
इन्स्योरेन्समा काम गर्न इच्छुक र योग्य व्यक्तिले आफ्नो बायोडाटा, शैक्षिक प्रमाणपत्र, नागरिकताको प्रतिलिपि र पासपोर्ट साइज फोटोसहित १५ दिनभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।























