ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

तोकिएको मितिमै कक्षा १२ को परीक्षा हुने, आवश्यक सबै तयारी गर्न निर्देशन

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले तोकिएकै मितिमै कक्षा १२ को परीक्षा गर्ने निर्णय लिएको छ । मंगलबार(आज) बसेको बोर्ड बैठकले यसअघि तोकिएकै मितिमा कक्षा १२ को परीक्षा गर्ने निर्णय गरेको हो । शिक्षकहरुको आन्दोलनका कारण शिक्षकहरुले कक्षा १२ को परीक्षामा सहभागी नहुने बताएसँगै परीक्षाबारे अन्योलता सिर्जना भइरहेका बेला बोर्डले नयाँ निर्णय लिएको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले तोकिएकै समय र मितिमा परीक्षा गर्ने निर्णय गरेको बताएका छन् ।

बैठकले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समितिमार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न र आवश्यक तयारी गर्न अनुरोध गर्ने निर्णय गरेको उनले जानकारी दिएका छन् । त्यसैगरी साढे पाँच लाख विद्यार्थीको परीक्षा रहेकाले सबैलाई गम्भीर बन्न र समयमै परीक्षा गर्न अनुरोध पनि गरिएको छ ।

कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि हुँदैछ ।

Health Tips Ad Road Block