काठमाडौं । एक हप्ताभर काठमाडौँको भृकुटीमण्डपमा जारी नेपालको सबैभन्दा ठूलो दुई पाङ्ग्रे सवारी साधन एक्सचेन्ज इभेन्ट यामाहा ब्लू फेस्ट औपचारिक रूपमा समापन भएको छ। चैत्र २८ देखि वैशाख ३ सम्म सञ्चालन हुने भनिएको कार्यक्रम ग्राहक एवम् मोटरबाइक, स्कुटर पारखीहरूको अत्याधिक सहभागिताका कारण एक दिन थप गरिएको थियो।
यामाहाको उत्कृष्ट एक्सचेन्ज र खरिद अफरहरूको फाइदा लिन हजारौं सहभागीहरूले कार्यक्रममा भाग लिएका थिए ।
त्यसमा यामाहा बाइक र स्कुटरमा रु. ५०,००० को मिनिमम भ्यालुएसन, अन्य ब्रान्डहरूमा रु. २५,००० को न्यूनतम भ्यालुएसन (कर छुट सहित), एक्सचेन्जमा रु. १०,००० को थप भ्यालुएसन बोनस, ७।९९५ ब्याजदरसहित लचिलो फाइनान्सिङ ९ग्यारेन्टर आवश्यक नपर्ने० र स्पट एक्सचेन्ज, सजिलो फाइनान्सिङ र चयन गरिएका मोडेलहरूमा शुन्य प्रतिशत ब्याजदरमा इएमआई रहेको थियो ।
त्यस्तै ग्राहकहरूलाई तीन सजिला चरणहरू मार्फत तत्काल रु. १,००,००० सम्मको नगद छुट जित्ने रोमाञ्चक अवसर प्रदान गरेको “थ्रिल अफ थ्री” योजना भव्य हिट साबित भएको कम्पनीले जनाएको छ । त्यसअन्तर्गत शेयर गर्दा रु. १,००० जित्ने मौका, भिजिट गर्दा रु. ५०,००० सम्म नगद छुट, खरिद गर्दा रु. १,००,००० सम्म नगद छुट रहेका थिए ।
उत्सवमा थप रौनक थप्न यामाहाले कार्यक्रमका दौरान ग्राहकहरूको लागि भ्यालु र राइड एक्सपिरियन्स दुवै बढाउन प्रत्येक बाइक र स्कुटरको खरिदमा निस्शुल्क एक्सेसरिजहरू पनि प्रदान गरेको थियो।
अफरहरूका अलावा यामाहा ब्लू फेस्ट सम्पूर्ण परिवारको लागि मनोरञ्जन र संलग्नताको केन्द्र समेत बनेको कम्पनीको भनाइ छ । जसमा टेस्ट राइड एण्ड विन ( आफ्नो मनपर्ने यामाहा मोडेलको टेस्ट राइडमा रोमाञ्चक उपहारहरू, गेमिङ जोन – इन्टरएक्टिभ फन गेम्स र कम्पिटिसनहरू, फेस पेन्टिङ – भिजिटका क्रममा रङ र रचनात्मकता थप्ने मौका, डुअर प्राइजेज ( भाग्यशाली विजेताहरूले जिते स्मार्ट हेल्मेटहरू, लाइभ कन्सर्टहरू ( महेश काफ्ले र अस्मिता अधिकारीको प्रस्तुति रहेको थियो ।
महोत्सवको अन्तिम दिन काठमाडौँ रेजर्स फुटबल टिमका खेलाडीहरूसँगको विशेष मिट एण्ड ग्रिट सेसनसँगै समाप्त भएको थियो। सहभागीहरूले एनएसएल सिजन ३ मा यामाहाको गौरवशाली टाइटल प्रायोजनको सेलिब्रेसनसँगै खेलहरू खेल्न, विशेष मर्केन्डाइज जित्न र खेलाडीहरुको सिग्नेचर भएका जर्सीहरू पनि प्राप्त गरेका थिए।
ब्लू फेस्ट भृकुटीमण्डपमा समाप्त भए पनि यामाहाको ‘थ्रिल अफ थ्री योजना नेपालभरका सबै अधिकृत यामाहा डिलरशिपहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
देशको मोबिलिटी क्षेत्रमा नवीनता, डिजाइन र सर्भिसमा अग्रपंक्तिमा रहेको एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपाल, नेपालको सबैभन्दा विश्वसनीय दुई पाङ्ग्रे ब्रान्डहरू मध्ये एक हो।





















