skip this News Page Tips Ad Road Block

राष्ट्रिय वाणिज्य बैंकको अर्बाैंको ऋणपत्र निष्काशन, ब्याज कति छ ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आज (२०८२ वैशाख ७ गते)देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले ७ वर्षे अवधिको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत आरबिबिएल डिवेञ्चर २०८८’ निष्काशन गरेकाे हो । बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । सोमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँड गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणमा बाँडफाँड गरिनेछ ।

सर्वसाधारणमा बाँडफाँड गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले ९ लाख ५० हजार कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि ऋणपत्रमा आवेदन दिन सक्नेछन् भने अधिकतममा सम्पूर्ण कित्ताका लागि नै आवेदन दिन सक्नेछन् ।

ऋणपत्र निष्काशन बन्द छिटोमा वैशाख १० गत र ढिलोमा वैशाख २१ गते हुनेछ । ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् ।

Health Tips Ad Road Block