skip this News Page Tips Ad Road Block

ब्ल्याक+डेकरद्धारा नेपाली नयाँवर्ष २०८२ को अवसरमा उपभोक्ता योजना घोषणा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । ११५ वर्षको इतिहास बोकेको संयुक्त राज्य अमेरिकाको चचर्तित ब्रान्ड ब्ल्याक+डेकरले नेपाली नयाँ वर्ष २०८२ को अवसरमा विशेष उपभोक्ता योजना घोषणा गरेको छ । योजनाअन्तर्गत, ब्ल्याक डेकर स्मार्ट घरेलु उपकरण खरिद गर्ने ग्राहकहरूले पक्का उपहार प्राप्त गर्ने कम्पनीले जनाएको छ । साथै साप्ताहिक भाग्यशाली लक्की ड्रमा भाग लिने अवसर पनि हुने कम्पनीले जनाएको छ । यसमा भाग लिनका लागि क्यूआर कोड स्क्यान गरेर दर्ता गर्न सकिने कम्पनीले बताएको छ ।

यस साप्ताहिक भाग्यशाली ड्रको विजेताले ब्ल्याक+डेकरको फूड स्टीमर प्राप्त गर्ने कम्पनीले बताएको छ । कम्पनीका अनुसार यो नेपाली बजारमा अत्यन्त रुचाइने उत्पादन हो ।

ब्ल्याक+डेकरका स्मार्ट घरेलु उपकरणहरू नेपालभर लोकप्रियता हासिल गरिरहेका र उच्च गुणस्तर, नवीन प्रविधि तथा विश्वसनीयताका कारण उपभोक्तामाझ विश्वासिलो बनेकको दाबी गरिएको छ ।

यो योजना नेपालमा ब्ल्याक+डेकर स्मार्ट घरेलु उपकरणहरूको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्सले प्रस्तुत गरेको हो ।

Health Tips Ad Road Block