skip this News Page Tips Ad Road Block

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा गुरुङ निर्वाचित, अरु विजयीहरु यस्ता छन् ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा लोकतान्त्रिक एसोसियसन र वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चको संयुक्त समूहबाट अध्यक्षका उम्मेदवार बनेका भुवनसिंह गुरुङ निर्वाचित भएका छन् । ४२८ मत पाएर गुरुङ निर्वाचित भएका हुन् । आफ्ना प्रतिष्पर्धिभन्दा ६१ बढी मत पाएर गुरुङ निर्वाचित भएका हुन् । उनका प्रतिद्धन्दी नरेश गेलालले ३६७ मत प्राप्त गरे ।

गेलाल प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनबीचको तालमेलमा बनेको संयुक्त व्यवसायी समूहको तर्फबाट उम्मेदवार रहेका थिए ।

यता संघको प्रथम उपाध्यक्षमा ३७५ मतसहित गेलाल समूहका सुजितकुमार श्रेष्ठ विजयी भएका छन् । उनका प्रतिष्पधि नरेन्द्रप्रसाद ढकाले ३०२ मत प्राप्त गरे । अर्का प्रतिष्पर्धि अख्तर हुसैनले १०१ मत प्राप्त गरे ।

द्वितीय उपाध्यक्षमा गुरूङ समूहका देवकुमार खोखालीले ४०२ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्दी गेलाल समूहका मधुकर रिजालले ३७८ मत प्राप्त गरे । तृतीय उपाध्यक्षमा गेलाल समूहका बैकुण्ठ पौडेल वैभवले ४३५ मत ल्याई विजयी भएका छन् भने गुरुङ समूहका हर्कबहादुर लिम्बूले ३५० मत प्राप्त गरे ।

यसैगरी महासचिवमा गुरूङ समूहका उम्मेदवार महेशकुमार बस्नेत ४२३ मत ल्याई विजयी हुँदा प्रतिद्वन्दी गेलाल समूहका कर्णराज कटुवालले ३६२ मत प्राप्त गरेका छन् ।

यसैगरी गुरूङ समूहका कुन्छा दोर्जे डिङ्दोङले ३७४ मत ल्याई सचिव जीत हासिल गरेका छन् । पराजित गेलाल समूहका उम्मेदवार अनिल बोगटीले ३११ मत प्राप्त गरे भने स्वतन्त्र उम्मेदवार ईश्वर सापकोटाले ९३ मत प्राप्त गरे ।

कोषाध्यक्षमा विजयी गेलाल समूहका धनु सिंजालीले ४२८ प्राप्त गर्दा पराजित गुरूङ समूहका उम्मेदवार विक्रम श्रेष्ठले ३५७ मत प्राप्त गरेका थिए ।

यस्तै कार्यसमिति सदस्यहरुमा रेखा शर्मा (४४७), कृष्ण ढकाल (४४२), भरत सापकोटा (४३५), राज लामा तामाङ (४२७), सुवर्ण लामा (४०९), हिमा गुरूङ (३४९), रमा खड्का (३८८), देवीप्रसाद गिरी (३७७), विद्यालक्ष्मी बज्राचार्य (३५३) र सुमनराज पाण्डे (३४३) मत प्राप्त गरी विजयी भएका छन् ।

निर्वाचित अध्यक्ष गुरुङले संघलाई निश्चित स्वार्थ समूहको चंगुलबाट मुक्त गराइ सबै व्यवसायीको हकहितमा लाग्ने बताएका छन् ।

Health Tips Ad Road Block