skip this News Page Tips Ad Road Block

रूख ढल्दा देशका विभिन्न स्थानकाे विद्युत अवराेध, मर्मत कार्य तीव्र

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडाैं । देशका केही प्रसारण लाइन क्षेत्रमा प्रतिकूल मौसमका कारण रुख ढल्दा केही स्थानमा अस्थायी रूपमा विद्युत् आपूर्तिमा अवरोध उत्पन्न भएको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएकाे छ। प्रभावित क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोलीहरू निरन्तर रूपमा खटिई मर्मत तथा पुनः सञ्चालनको कार्य तीव्र गतिमा अघि बढाइरहेका मन्त्रालयकाे भनाइ छ।

मन्त्रालयका अनुसार हालसम्मको प्रगति विवरण:

१. पिलुवा (पथलैया) – चन्द्रनिगाहपुर खण्ड

टावर नं. १२२–१२३ बीच रुख ढलेर प्रसारण लाइन प्रभावित भएकोमा उक्त रुख हटाउने कार्य सम्पन्न भइसकेको छ। हाल सर्किट चार्ज गर्ने कार्य भइरहेको छ।

२. सोही खण्ड (टावर नं. १३६–१३७)

तीन वटा रुख हटाइएको छ तथा लाइन पुनः सञ्चालनका लागि आवश्यक प्राविधिक कार्य जारी रहेको छ।

३. अमलेखगञ्ज – कामाने खण्ड

टावर नं. ४६–४७ बीच एक रुखका कारण HTLS कन्डक्टरमा क्षति पुगेको छ। मर्मतका लागि प्राविधिक टोली घटनास्थलमा पुगिसकेको छ र स्ट्रिङिङ कार्य सुरु गरिएको छ।

Health Tips Ad Road Block