skip this News Page Tips Ad Road Block

मलेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’ को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा आगामी मे ३१ र जुन १ (जेठ १७ र १८ गते) आयोजना हुन गइरहेको ‘दोस्रो आरटी गोल्ड कप २०२६’ फुटबल प्रतियोगिताको अन्तिम खेल तालिका (टाइसिट) सार्वजनिक गरिएको छ। आयोजक आरटी एफसी मलेसियाले एक विशेष कार्यक्रमका बीच खेल तालिका सार्वजनिक गरेको हो।

‘द ग्रान्ड केलाना दमनसारा सुइट’मा आयोजित टाइसिट ड्र कार्यक्रम आरटी एफसीका अध्यक्ष राजु तामाङको सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाली फुटबल एसोसिएसन (एनएफए) मलेसियाका कार्यवाहक अध्यक्ष विष्णु चौधरी प्रमुख अतिथि रहनुभएको थियो भने अन्य एनएफए पदाधिकारीहरू, व्यवसायी मन्दिप भट्टराई, तथा सहभागी क्लबका अध्यक्ष एवं प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।

मलेसियामा रहेका नेपाली क्लवहरू र नेपाली खेलाडीहरू माझ निकै प्रतिष्ठित मानिने यस दुई दिने नकआउट प्रतियोगितामा कुल १८ वटा टोलीहरूले सहभागिता जनाउँदै छन्। सहभागी टोलीहरूलाई ग्रुप ‘ए’ र ग्रुप ‘बी’ गरी दुई समूहमा विभाजन गरिएको छ।

पुरस्कार राशि र विधागत पुरस्कार:

प्रतियोगिताको विजेताले आकर्षक ट्रफीसहित २२,००० मलेसियन रिंगेट प्राप्त गर्नेछ भने उपविजेता टोलीले ११,००० मलेसियन रिंगेटमा चित्त बुझाउनेछ।

टोलीगत पुरस्कारका अलावा व्यक्तिगत विधा तर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र सर्वोत्कृष्ट खेलाडीलाई जनही ३०० मलेसियन रिंगेट प्रदान गरिने आयोजकले जनाएको छ।

यस्तो छ खेल तालिका र समूह विभाजन:

ग्रुप ‘ए’ (Group A):

आरटी एफसी विरुद्ध मकालु एफसी जोहोर – मे ३१ बिहान ०९:०० बजे

काठमाडौँ एफसी विरुद्ध बीजेवाई एफसी निलाई – मे ३१ दिउँसो १२:०० बजे

बीआरएस एफसी विरुद्ध बालेन सिटी एफसी – मे ३१ बेलुका ६:०० बजे

न्यू ब्वाइज एफसी जोहोर विरुद्ध मुआर एफसी – मे ३१ दिउँसो ३:०० बजे

(नोट: मनकामना एफसी तालिका अनुसार पहिलो चरणको बाइ (Bye) पाउँदै अघिल्लो चरणको विजेतासँग भिड्नेछ।)

ग्रुप ‘बी’ (Group B):

एनएफसी केएल विरुद्ध सर्लाही एफसी – मे ३१ बिहान १०:३० बजे

माईक्रोन एफसी विरुद्ध ब्रदर एफसी केएल – मे ३१ दिउँसो १:३० बजे

चर्च एफसी केएल विरुद्ध न्यू ब्वाइज एफसी केएल – मे ३१ बेलुका ७:३० बजे

हिमालयन एफसी विरुद्ध युनाइटेड एफसी – दिउँसो ४:३० बजे

एन पेनाङ एफसी विरुद्ध युनाइटेड एफसी – राति १०:३० बजे

सेमिफाइनल र फाइनलको समीकरण:

प्रतियोगिताको पहिलो सेमिफाइनल खेल जुन १ तारिख दिउँसो ३:०० बजे र दोस्रो सेमिफाइनल सोही दिन बेलुका ५:०० बजे खेलिनेछ। समूह ‘ए’ र समूह ‘बी’ का सर्वश्रेष्ठ टोलीहरू बीच उपाधिको लागि महाभिडन्त (Final) सोही दिन राति ८:०० बजे पानासोनिक स्टेडियममा हुनेछ।

प्रत्यक्ष प्रसारण र प्रायोजकहरू:

नेपाली फुटबलको लोकप्रिय अनलाइन पोर्टल GoalNepal.com ले यस प्रतियोगिताको सम्पूर्ण खेलहरू विश्वभर प्रत्यक्ष प्रसारण गर्नेछ। प्रतियोगितालाई आईएमई रिया मनी ट्रान्सफर, एक्रोस ट्राभल एण्ड टुर, र हाम्रो खाजा घर जस्ता प्रतिष्ठित नेपाली ब्रान्डहरूले प्रायोजन तथा सहयोग गरेका छन्।

मलेसियामा रहेका नेपाली फुटबल प्रेमीहरूका लागि यो प्रतियोगिता निकै उत्साहजनक र भव्य हुने अपेक्षा गरिएको छ।

Health Tips Ad Road Block