skip this News Page Tips Ad Road Block

फुडमाण्डुुको “नयाँवर्ष फिस्ट” क्याम्पेन सार्वजनिक, रेष्टुरेन्टबाट खाना मगाउँदा ८२% सम्मको छुट

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुुले ‘नयाँवर्ष फिस्ट’ क्याम्पेन ल्याएको छ । यो क्याम्पेनको साथमा ग्राहकहरुले रोमाञ्चक अफरका साथ नयाँवर्ष २०८२ को सुरुवात गर्न पाउने भएका छन् । ग्राहकहरुले चैत्र २५ देखि बैशाख ७ सम्म फुडमाण्डुुुको एपमार्फत यस क्याम्पेनको विशेष अफरहरुको फाइदा उठाउन सक्नेछन् ।

‘नयाँवर्ष फिस्ट’ क्याम्पेनमार्फत ग्राहकहरूले आफूलाई मनपर्ने रेस्टुरेन्टहरूबाट खाना मगाउँदा ८२% सम्मको छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ । त्यस्तै फ्ल्यास सेलअन्तर्गत जम्मा रु. ८२ मा निश्चित खाने कुराहरु उपलब्ध हुनेछन् भने लोकप्रिय खानाहरूमा फ्ल्याट डिस्काउन्ट, क्युरेटेड मिलकम्बो, पार्टी प्याक र ʻडबल द जोय’ अफरहरूमा ʻबाई–वन–गेट–वन’अफर समावेश गरिएको छ । यी अफरहरूले ग्राहकहरूलाई नयाँवर्षभर उत्सव मनाउन थप विकल्पहरु प्रदान गरेको कम्पनीको भनाइ छ ।

‘फुडमाण्डुुुको साथ, बबाल हुँदैछ वर्षको अन्त्य र सुरुवात’ भन्ने ट्यागलाइनका साथ शुरु भएको यो क्याम्पेनको उद्देश्य नेपाली नयाँवर्ष २०८२ लाई अझभव्य र रमाइलो बनाउने रहेकोे छ । यो क्याम्पेनअन्तर्गत ग्राहकहरुले आफ्नो लागि, परिवारको लागि अथवा साथीभाईको लागि विशेष छुटमा स्वादिष्ट परिकारहरु मगाएर अझ रमाइलो समय बिताउन सक्ने भएका छन् ।

क्याम्पेनका बारेमा बोल्दै फूडमाण्डुकी ब्राण्ड एंड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले भनिन्, “नयाँवर्ष भनेको रमाइलो गर्ने समय हो र हरेक रमाइलो पलहरुमा खानाको विशेष भूमिका रहन्छ । यस नयाँवर्ष क्याम्पेन मार्फत हामी हाम्रा ग्राहकहरुलाई उत्कृष्ट खानाको साथै विशेष अफर प्रदान गरेर उहाँहरुको नयाँवर्षलाई अझै रमाइलो र स्मरणीय बनाउने लक्ष्य लिएका छांै ।”

फूडमाण्डुले गुणस्तरीय र भरपर्दो डेलिभरी मार्फत ग्राहकहरूलाई उनीहरुको मनपर्ने रेस्टुरेन्टसँग जोड्दै मुख्य शहरहरूमा आफ्नो उपस्थिति बलियो बनाइरहेको छ । १,००० भन्दा बढी रेस्टुरेन्टहरूको बढ्दो नेटवर्क र उत्कृष्ट ग्राहक सेवा सहित फुडमाण्डुुले काठमाडौं उपत्यका, पोखरा, चितवन र बुटवल वरिपरिका आफ्ना ग्राहकहरूका लागि यो नयाँवर्षलाई स्वादिष्ट र यादगार बनाउन प्रतिबद्ध रहेको जनाएको छ ।

Health Tips Ad Road Block