काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रमको लागि सुझाव उपलव्ध गराउन भनेको छ । एक सूचना जारी गरी मन्त्रालयले उक्त अनुरोध गरेको हो ।
आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको बजेट तथा कार्यक्रम तर्जुमासम्बन्धी कार्य प्रारम्भ भइसकेको अर्थले जानकारी दिँदै उक्त अनुराेध गरेकाे हाे ।
‘आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयहरुका सम्बन्धमा आफ्ना अमूल्य सुझावहरु आगामी २०८२ वैशाख मसान्तभित्र यस मन्त्रालयमा उपलब्ध गराई सहयोग गरिदिनु हुन विभिन्न संघ, संस्था, बुद्धिजिवी, विज्ञ, राजनैतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, संचारजगत तथा आम नागरिकमा हार्दिक अनुरोध गरिन्छ ।’ अर्थ मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।
आफूलाई लागेका सुझावहरु मन्त्रालयको वेवसाइट www.mof.gov.np मा रहेको बजेट सुझावमार्फत तथा इमेल budgetsuggestion@mof.gov.np बाट समेत पठाउन सकिने मन्त्रालयले जनाएको छ ।




















