skip this News Page Tips Ad Road Block

पञ्चकन्या समूहद्धारा कविता नेपालीलाई एभरेष्ट र लोत्सेको (जुम्ल्याहा)शिखर आरोहण गर्न आर्थिक सहयोग प्रदान

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । साहसिक कार्य गर्ने प्रयासलाई सशक्त बनाउने आफ्नो अटुट प्रतिबद्धताको एक हिस्साको रूपमा पञ्चकन्या समूहले एक प्रसिद्ध फिटनेस आइकन एवं कलाकार कविता नेपालीलाई एभरेष्ट र लोत्से हिमालको आरोहणका लागि आर्थि सहयोग गरेको छ । चैत ३० गतेदेखि सुरु हुने उक्त आरोहणका लागि पञ्चकन्याले सहयोग गरेको हो ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पहलअन्तर्गत पञ्चकन्या समूहले कविता नेपालीको मिसनमा हातेमालो गर्ने गरी आर्थिक सहयोग गरेको जनाएको छ । यो सामाजिक कार्यमा गरेको सहयोग, उनलाई एक कलाकारको रूपमा मात्र नभई उनको बहुआयामिक प्रतिभा र राष्ट्रिय गौरवको प्रतिकको रूपमा गरेको कम्पनीका प्रबन्ध निर्देशक प्रदिप कुमार श्रेष्ठले बताएका छन् ।

सन् २०१८ मा बुगीवुगी इन्टरनेशनल नृत्य प्रतियोगिता तथा चिनियाँ मार्सल आर्टमा समेत अब्बल भई सफलता हासिल गरिसकेको अनुभवलाई शिरोपर गर्दै कविताले अब हिमालयमा एउटा पुस्ताको आशा र नेपाली महिलाहरूको स्थायी शक्तिलाई लिएर जाने विश्वास कम्पनीले लिएको छ ।

उचाइको विरासत

यो साझेदारी पञ्चकन्या समूहले लामो समयदेखि विभिन्न विशिष्ट क्षेत्रहरुमा नयाँ उचाइ चुम्न प्रयासरत नेपाली महिलाहरूलाई सहयोग गर्ने परम्पराको निरन्तरता रहेको छ । यस समूहले सन् २०१३ मा माउन्ट किलिमान्जारोमा आरोहण गर्ने सेभेन समिट्स महिला टोलीको समूहलाई आफनो कम्पनी सुरुवात भएको ४० औँ वार्षिकोत्सवको अवसरमा सार्वजनिक ब्यानर सो हिमालको चुचुरोमा पुयाएको थियो । यहि सिलशिलामा एभरेष्ट आरोहण गर्ने अठोट राखेका साहसी नेपाली महिला निशा अधिकारी, डाक्टर प्रिती भुसाल तथा व्यवसायिक पत्रकारिता गर्ने हिम्मतीला पाँच नेपाली महिला पत्रकारहरुले पितृसत्तामक पुरातनवादी सोचलाई भत्काउँदै नेपाललाई विश्व मन्चमा प्रतिनिधित्व गर्दै नेपालको गौरव राख्न ठूलो भूमिका खेलेका छन् ।

संस्थागत सामाजिकउत्तरदायित्वमार्फत महिला सशक्तिकरण

अन्तर्राष्ट्रिय महिला दिवसको विशेष कार्यक्रमबीच घोषणा गरिएको यो प्रायोजनले आर्थिक सहयोग भन्दा पनि अर्थपूर्ण, दीर्घकालीन प्रभाव सिर्जना गर्नेमा पञ्चकन्या समूहको विश्वासलाई मूर्त रूप दिनेमा कुनै शंका नभएको कम्पनीको विश्वास रहेको छ । यस कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व रणनीति मुख्य गरी पाँच क्षेत्रहरूमा केन्द्रित रहेको कम्पनीले जनाएको छ । त्यसमा शिक्षा, वातावरण, महिला सशक्तिकरण, स्वास्थ्य र सरसफाई तथा सिप विकास गरी नैतिक, समावेशी र दिगो विकासप्रति आफ्नो प्रतिबद्धतालाई थप सुदृढ गरेको कम्पनीको भनाइ छ ।
‘कविताको यात्रा आरोहणभन्दा धेरै संसारभरिका साहसी मानिसहरुलाई लागि सन्देश हो,’ पञ्चकन्या समुहका प्रवक्ताले भने । ‘हामीले उनलाई सहयोग र समर्थन गर्न पाउँदा गर्व गर्छौं किनकि उनले नेपालको कथा र भावनालाई विश्वको शीर्ष उचाइमा पुर्याउदैँ छिन् ।’

पञ्चकन्या समूहको बारेमा

‘ठोस प्रतिबद्धता’ को लोकाचारद्वारा निर्देशित, पञ्चकन्य समूह नेपालको सबैभन्दा सम्मानित औद्योगिक समूहहरूमध्ये एकको रूपमा खडा छ । यसको नवीनता, सामाजिक लगानी तथा पूर्वाधार र मानव क्षमता दुवै निर्माण गर्ने अभियानमा तत्पर कम्पनी रहेको जनाएको छ ।

 

Health Tips Ad Road Block