skip this News Page Tips Ad Road Block

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्वका लागि नरेश गेलाल समूह प्रमुख दाबेदार

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्वका लागि नरेश गेलाल समूह प्रमुख दाबेदारकोरुपमा रहेको छ । काठमाडौंमा संयुक्त व्यवसायी समूहको घोषणा गर्दै १७ सदस्यीय नयाँ कार्यसमिति प्रमुख दाबेदारको रुपमा खडा भएको हो ।

संघको प्रथम उपाध्यक्षमा सुजित कु‌मार श्रेष्ठ, द्वित्तीय उपाध्यषमा मधुकर रिजाल, तृत्तिय उपाध्यक्षमा बैकुण्ठ वैभव पौडेल, महा‌सचिवमा कर्णराज कटुवाल, सचिवमा अनिल बोगटी र कोषाध्यक्षमा धनु सिंजालीको उम्मेदवारी रहेको छ ।

सदस्यहरुमा देउमान नेम्वाङ, राजेन्द्र बस्नेत, चन्द्र लिम्बु, रमा खडका, हिमा गुरुङ, दिनेश बस्नेत, कामेश्ववर साह (राहुल), छत्र बस्नेत, युवराज देवकोटा र राजेश यादवको उम्मेदवारी रहेको छ ।

काठमाडौंमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादीका नेताहरुको उपस्थितिमा नयाँ कार्यसमितिका समूहको घोषणा भएको हो ।

यही चैत २९ गते नयाँ नेतृत्वका लागि संघको चुनाव हुने कार्यक्रम रहेको छ ।

Health Tips Ad Road Block