काठमाडौं । नेपालले भोकमरी र कुपोषण न्यूनीकरणको दिर्घकालीन लक्ष्यमा उल्लेखनीय प्रगति हासिल गरेको भएपनि अझै दुर्गम भेगहरुमा खाध अभाव, बाल कुपोषण, पोषण शिक्षाको अभाव, कृषि प्रणालीको असमानता आदि चुनौतीका रुपमा रहेको छ । यस्तैमा ललितपुरमा विश्व भोकमरी सूचकांक सार्वजनिक गरिएको छ ।
सार्वजनिक प्रतिवेदनले नेपालको भोकमरी सूचकांक १४.७ मा झरेको देखाएको छ । सन् २००० मा नेपालको सूचकाकं ३७.१ मा रहेको थियो। तथ्यांकले नेपालको अवस्थामा मध्यम श्रेणीको सुधार देखिएको जनाएको हो ।
सूचकांक कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सार्वजनिक गरेका हुन् । सूचकांक सार्वजनिक गर्दै मन्त्री अधिकारीले कृषि क्षेत्रको समग्र सुधारवाट मात्र भोकमरीको अन्त्य गर्न सकिने धारणा राखेका छन् । मन्त्री अधिकारीले नेपालले भोकमरी र कुपोषण न्यूनीकरणको दिर्घकालीन लक्ष्यमा उल्लेखनीय प्रगति हासिल गरेको गरेको भएपनि अझै दुर्गम भेगहरुमा खाद्य अभाव, बाल कुपोषण, पोषण शिक्षाको अभाव, कृषि प्रणालीको असमानता आदि चुनौतीका रुपमा रहेको उल्लेख गरे ।
‘कृषि जैविक विविधताको क्षयीकरण, कृषि रसायनहरुको बढ्दो तथा जोखिमयुक्त प्रयोगका साथै मानवीय तथा जलवायु परिवर्तनले हाम्रो वातावरणीय, मानवीय तथा पर्यावरणीय क्षमतामा ह्रास हुँदै गएको भन्दै मन्त्री अधिकारीले यसको सम्बोधनका लागि सबैको सामुहिक प्रयास आवश्यक रहेको छ,’ भने । मन्त्री अधिकारीले अभियानमूलक माटो सुधार तथा ब्यवस्थापन कार्यक्रम, प्राङ्गारिक मलको उत्पादन तथा उपयोगको प्रवद्र्धन ,स्थानीय तहहरुमा उत्पादन भएको उपजको प्रांगारिक प्रमाणीकरण तथा प्रयोगशाला परिक्षण शुल्कमा सहुलियत, रासायनिक बिषादीको विकल्पका रुपमा वानस्पतिक र जैविक विषादीको उत्पादन र प्रयोगलाई व्यापक गर्ने जस्ता कार्यक्रमहरुलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रथमिकतामा राखेको जानकारी दिँदै जलवायु उत्थानशिल, दिगो, लैंगिक उत्तरदायी, कृषिमा अझै लगानी आवश्यक रहेको बताए ।
कृषि उत्पादन प्रणालीलाई दिगो र पर्यावरणमैत्री बनाउन पर्यावरणीय कृषि प्रवर्धनको मार्गचित्र आवश्यक भएकाले यसतर्फ मन्त्रालयले कार्य गरेको पनि मन्त्री अधिकारीले बताए । नेपाललाई भोकमरी र कुपोषणमुक्त राष्ट्र बनाउन सरकारी, गैर सरकारी, निजी क्षेत्र, नागरिक समाज संस्था, तथा स्थानीय समुदायहरूबीच बहु–क्षेत्रीय सहकार्य अपरिहार्य रहेको र यसले सबै नागरिकमा खाद्य पहुँच सुनिश्चित गर्ने पनि मन्त्री अधिकारीले उल्लेख गरे ।





















