skip this News Page Tips Ad Road Block

वाणिज्य विभागसँग वस्तुमा लेवल राख्नेबारे नाडाको छलफल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालबीच वस्तुमा लेवल राख्ने विषयमा छलफल भएको छ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक केदार दाहालसँग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको हो । छलफलमा अध्यक्ष चौधरीले चैत १४ मा वस्तुमा लेवल राख्ने सम्बन्धमा प्रकाशित गरेको सूचनाका सम्बन्धमा विस्तृतरुपमा छलफल गरेको छ । सो छलफलमा अध्यक्ष चौधरीले सो सूचनामा राखिएका प्रावधानहरुमा केही अस्पष्टता रहेकोले त्यसको स्पष्टताको लागि आग्रह गरे ।

सो छलफलमा अध्यक्ष चौधरीले सवारी साधनहरुको अधिकतम मूल्यसूचि प्रकाशनबारे स्पष्ट नीति आवश्यक भएको, स्पेयर पाट्र्समा अधिकतम मूल्य सूचिराख्ने तरिका क्यूआर कोडको माध्यमबाट मूल्य निर्धारण गर्ने कि अन्य कुनै तरिका अपनाउने भन्नेबारेमा प्रष्टता हुनु पर्ने, ब्ल्कमा आउने गाडीहरूमा अधिकतम मूल्यसूचि लागू गर्ने कि नगर्ने भन्ने विषयमा कानुनी स्पष्टता हुनु पर्ने, स्पेयर पाट्र्समा अधिकतम मूल्यसूचि अनलाइन वा अफलाइन कस्तो ढाँचामा राख्ने, डिजिटल तथा गैर डिजिटल माध्यमबाट मूल्य सूचिलाई कसरी पारदर्शी बनाउने, स्पेयर पार्टसमा आउने नट वोल्टहरुमा अधिकतम मूल्यसूचि के कसरी लगाउने भन्ने विषयहरुमा स्पष्टता हुनु पर्ने धारणा राखे ।

यसैक्रममा नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीले पनि यस विषयमा थप स्पष्टता आवश्यक रहेको बताउँदै डिजिटल माध्यमबाट स्पेयर पाट्र्सको मूल्य निर्धारण गर्न क्यूआर कोडको प्रभावकारी प्रयोग गर्न सकिन्छ, जसले अनलाइन प्रणालीलाई व्यवस्थित बनाउने धारणा राखे ।

सो छलफलमा वाणिज्य विभागका महानिर्देशक दहालले भौतिक वस्तु वा कमोडिटीहरूको अधिकतम मूल्यसूचि प्रकाशित गर्ने अवधारणा पुरानो भएपनि यस प्रक्रियालाई अहिलेको सन्दर्भमा अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको भन्दै अधिकतम मूल्य सूचिलाई पारदर्शी बनाउन अधिकतम मूल्यसूचि स्पष्ट देखिने गरी टाँस्नु पर्ने बताए । यसैक्रममा महानिर्देशक दाहालले डिजिटल र नन डिजिटल अधिकतम मूल्यसूचिलाई क्यूआर कोडमार्फत प्रभावकारी कार्यान्वयन गरेर अनलाइन माध्यमलाई समेट्नुपर्ने बताए । छलफलको अन्त्यमा महानिर्देशक दहालले यस विषयमा सबै सरोकारवालाहरूसँग थप छलफल गरेर नीतिगत स्पष्टता ल्याइने बताए ।

उक्त छलफलमा नाडाका निबर्तमानअध्यक्ष डा. धु्रव थापा, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्यसमिति सदस्यद्धय दिपेन्द्र मिश्रा, प्रकाशक पुरी, सोहन श्रेष्ठ, मेघराज पौडेल, प्रदिपमान प्रधान र आमन्त्रित सदस्य नारायणप्रसाद पौडेल समेतको उपस्थिति रहेको थियो ।

Health Tips Ad Road Block