skip this News Page Tips Ad Road Block

विशेष न्यु ईयर, न्यु अफर र देशव्यापी टेस्टड्राइभ क्याम्पको साथ नयाँ वर्षको उत्साह बढाउँदै नामी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नयाँ वर्षको अवसरमा नेपालका लागि नामी ईभीको आधिकारिक वितरक एमएडब्लू वृद्धी मोटर्स प्रालिले अप्रिल ५ देखि अप्रिल १२ सम्म सन्चालन हुने आफ्नो न्यु ईयर, न्यु अफर देशव्यापी एक्सचेन्ज र टेस्टड्राइभ क्याम्प गर्ने घोषणा गरेको छ । एक हप्तासम्म चल्ने यस कार्यक्रमको उद्देश्य ग्राहक संग्लग्नता बढाई उनीहरूलाई बिग ह्याच र फाइभस्टार लक्जरी भएको नामीको प्रत्यक्ष अनुभव प्रदान गर्नु रहेकाे कम्पनीले जनाएकाे छ।

योसँगै ग्राहकहरूले अब तोकिएको नामी गाडीको बुकिङको लागि केवल रू. ५.९९ लाखदेखि सुरु हुने सजिलो डाउनपेमेन्टबाट फाइदा लिन सक्नेछन् । यो अफरमा बुकिङ भएको मितिदेखि दुई वर्किङ डेभित्र ग्यारेन्टी पूर्ण डेलिभरीका साथै रू. १ लाखसम्मको फाइदाहरू समावेश हुने कम्पनीले जनाएकाे छ । यसले समग्र अनुभवलाई मूल्य र गति दुवै हिसाबले प्रभावकारी बनाउने कम्पनीकाे दाबी छ। खरिद प्रक्रियालाई थप सजिलो बनाउन नामीले ८० प्रतिशतसम्मको फाइनान्सिङ सहायता प्रदान गर्नेछ जसले गर्दा गाडी लिने प्रक्रिया सहज हुने र ग्राहकले सुरूमै गर्नुपर्ने खर्च पनि कम हुने कम्पनीको भनाइ छ ।

साथै टेस्टड्राइभ लिने सबै सहभागीहरूलाई निशुल्क उपहार प्रदान गरिने कम्पनीले छ । ग्राहकहरु सबैले उपहारहरूका साथ अत्याधुनिक, सुविधायुक्त इलेक्ट्रिक कारको रोमाञ्चक टेस्ट ड्राइभको आनन्द लिन सक्नेछन् ।

Health Tips Ad Road Block