काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा १५% सम्म छुट प्रदान हुने भएको छ । गरिमा विकास बैंक लिमिटेड र दराजबीच उक्त सम्झौता सम्पन्न भएको हो ।
नयाँ वर्ष २०८२ लाई मध्यनजर गरी विकास बैंकले यो छुट योजना सार्वजनिक गरेको हो । यस छुट योजनाअन्तर्गत विकास बैंकका क्रेडिट कार्डहोल्डर ग्राहकहरुले दराजको बेवसाईट वामोबाईल एपमार्फत कुनै पनि सामान खरिद गर्दा १५% वा अधिकतम ७५० रुपैयाँसम्म र डेविट कार्ड होल्डर ग्राहकहरुले १०% वा अधिकतम ५०० रुपैयाँसम्म छुट प्राप्त गर्नेछन् ।
छुट योजना २०८१ चैत्र २२ गतेदेखि सुरु भई २०८१ चैत्र ३१ गतेसम्म लागू हुने बैंकले जनाएको छ । गरिमा विकास बैंकका कार्डहोल्डर ग्राहकहरुले यस योजना सुरु भएपश्चात दराजको बेवसाईट वामोबाईल एपमा उपलब्ध हुने यस विकास बैंकको नामको भौचर संकलन गरी छुट प्राप्त गर्न सक्नेछन् ।
हाल गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५० एटिएममार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।





















