काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा) सभापति रवि लामिछाने पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त महाराजगञ्ज प्रहरीको टोलीले लामिछानेलाई उनको हात्तीगौंडास्थित घरबाटै पक्राउ गरेको ।
शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले उक्त आदेश दिएका हुन् ।





















