skip this News Page Tips Ad Road Block

तोलाको १ लाख ८० हजारभन्दा माथि पुग्यो सुनको मूल्य, क्रमशः मूल्यकाे रेकर्ड तोडिँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज(चैत २१ गते बिहीबार) सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

तोलाको १ लाख ८० हजार ३०० रुपैयाँमा पुगेर सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो । यसअघि चैत १८ गते १ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएर सुनको मूल्यले नयाँ रेकर्ड  बनाएको थियो ।

आज चाँदी प्रतितोला १९९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Health Tips Ad Road Block