काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (चैत २१ गते) देखि थप सार्वजनिक निष्काशन अर्थात् एफपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले स्वः पूँजी संरचनामा सर्वसाधारणको हिस्सा ३० प्रतिशत कायम गर्न एफपीओ निष्काशन गर्न लागको हो।
लघुवित्तले ५१ लाख २९ हजार २५० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५१ हजार २९२.५ कित्ता शेयर निष्काशन गर्न लागेको हो । एफपीओमा लगानीकर्ताले चैत २६ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा पनि पर्याप्त आवेदन नपरेमा २०८२ बैशाख ४ गतेसम्म आवेदन दिन सकिनेछ । लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।





















