skip this News Page Tips Ad Road Block

सर्वसाधारणले कालंगा हाइड्रोको २८ करोडभन्दा बढीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले जेठ ८ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर आईपीओ भर्ने आज अन्तिम दिन हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका २८ करोड ७० लाख रुपैयाँ बराबरको २८ लाख ७० हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणालीमार्फत आईपीओमा आवेदन दिन सकिनेछ । यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी पनि आईपीओमा आवेदन दिन सकिनेछ ।

Health Tips Ad Road Block