skip this News Page Tips Ad Road Block

कलाकार दुर्गेश थापाको ग्रान्ड कन्सर्ट हुँदै, आइएमई पे र खल्तीमार्फत टिकट खरिद गर्न सकिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । पछिल्लो समय चर्चामा रहेका गायक तथा परफर्मर दुर्गेश थापाको पहिलो चोटी यहि बैशाख १८, २०८२ मा काठमाडौं बौद्धको हयात ग्राउन्डमा हुन गएको कन्सर्टको अनलाइन टिकट आइएमई पे र खल्ती एप मार्फत खरिद गर्न सकिने भएको छ । ट्राइएङल इन्कद्वारा आयोजित यस कन्सर्टमा दुर्गेश थापाको ऊर्जा र आकर्षक परफर्मर मज्जा लिन सकिने आयोजकको भनाइ छ । पछिल्लो समयमा सर्वाधिक रुचाइएको गीत ‘दुश्मन हेरेको हेरई’ बाट लोकप्रियता कमाएका र त्यो भन्दा अघि पनि कैयौं हिट्स गीतहरु दिएका उनी केवल एक गायक मात्र नभइ मञ्चमा आफूसँगै दर्शकलाई पनि रमाउन र नचाउन जानेका एक अब्बल परफर्मरको रुपमा लिइन्छ ।

मे १ मा काठमाडौं बौद्धको हयात ग्राउन्डमा हुन गइरहेको कन्सर्टमा दुर्गेश थापाले आफ्नो अत्यन्तै चर्चित गीतहरु प्रस्तुत गर्नेछन् । साथै अन्य विभिन्न लोकप्रिय गायक तथा कलाकारहरुको पनि मनोरञ्जनात्मक प्रस्तुती रहने आयोजकले जनाएको छ। प्रशंसकहरूले आफ्नो प्रवेश टिकट आइएमई पे तथा खल्ती एपको ‘इभेन्ट्स’ सेक्सनबाट लिन सक्नेछन्। दर्शकहरूले कन्सर्टको लागि फ्यानपिट, सिल्भर वा गोल्ड टिकटहरूमध्ये एक छनौट गर्न सक्ने कम्पनीले जनाएको छ ।

 

Health Tips Ad Road Block