काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले नेपालबाट चोरी भएर संसारको जुनसुकै कुनामा पुगेको भए पनि फिर्ता ल्याएरै छोड्ने वचनवद्धता व्यक्त गरेका छन् । आइतबार नेपालबाट विगतमा चोरी भएर अमेरिका पुगेका थप २१ वटा पुरातात्विक महत्वका मूर्तिहरु नेपाल फर्काएर पाटन संग्रालयय र राष्ट्रिय संग्रालयलाई हस्तान्तरण गर्दै मन्त्री पाण्डेले उक्त कुरा कुरा बताएका हुन् । उनले भने, ‘हाम्रा सम्पदाहरु संसारको कुनै पनि कुनामा पुगोस्,नेपालीहरुले हाम्रा आफ्ना सम्पदाहरु चिन्छन् । त्यसको महत्व जान्दछन् र त्यसलाई फर्काएर ल्याउने कुरामा संसार भरी फैलिएका नेपालीहरुले योग्यता राख्दछन् ।नेपालको सम्बन्ध विश्वव्यापी भएको छ । चोरीका मूर्तिहरु नेपाल फर्काएँछौं भन्ने सकारात्मक सन्देश दिन सफल भएका छौं ।’ उनले विगतमा नेपालका महत्वपूर्ण पुरातात्विक मुर्तिहरु कसरी विदेश पुगे भन्दै प्रश्न गरे । मन्त्री पाण्डेले शक्तिशाली रुपमा नेपालका मूर्तिहरु चोरी गरेर जहाज मार्फत ठूलो सेटिङमा विदेशमा पुगाउने दुसाहष गरेको उल्लेख गर्दै गएका सम्पूर्ण मुर्तिहरु नेपाल फर्काइने विश्वास दिलाए ।
उनले जुन ठाउँबाट चोरी भएका हुन् सोही ठाउँमा उक्त मुर्तिहरु प्रतिस्थापन गरिने विश्वास व्यक्त गरे । संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्रालय मातहतमा रहेको पुरातत्व विभागले हालसम्म बेलायत, अष्ट्रिया, अमेरिका, चीन, तिब्त, भारत, जर्मनी, अष्ट्रेलिया र इटलीबाट जम्मा १७७ थान पुरातात्विक महत्वका मुर्तिहरु नयाँ कलात्मक वस्तुहरु विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय व्यक्ति तथा संघ संस्थाहरुको प्रयासबाट फिर्ता भइसकेको जनाएको छ ।
अमेरिका फान्स बेलायत, चीन, अष्ट्रिया, अष्ट्रेलियाजस्ता देशहरुबाट थप अरु मुर्तिहरु फिर्ताका लागि कुटनीतिक पहल भइरहेको बताएको छ । हालसम्म संयुक्त राज्य अमेरिकाबाट मात्र नेपालमा फिर्ता भएका पुरातात्विक महत्व भएका वस्तुहरुको संख्या १०४ पुगेको छ ।





















