skip this News Page Tips Ad Road Block

निजी सम्पत्तिमा तोडफोड, लुटपाटसहितका अराजक गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउन सीएनआईको माग

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । शुक्रबार निजी सम्पत्ति तथा संचारगृहमा भएको तोडफोड, आगजनी, तथा व्यवसायिक प्रतिष्ठानमा भएको लुटपाटको घटना अत्यन्त दुखद् भएको भन्दै नेपाल उद्योग परिसंघ (सीएनआई)ले अराजक गतिबिधि गर्नेलाई कानुनी दायरामा ल्याउन माग गरेको छ ।

विभिन्न माग राखी आन्दोलन, प्रदर्शन गर्दा आम सर्वसाधारण, विभिन्न पेशा, व्यवसायमाथि भौतिक आक्रमण, व्यक्तिगत सम्पत्तिमाथि आगजनी, व्यवसायिक प्रतिष्ठानमा तोडफोड एवं लुटपाट जस्ता कार्य जहिले पनि निन्दनिय हुने परिसंघको ठहर छ ।

निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड तथा आगजनी, लुटपाट जस्ता अराजक गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याई सुरक्षित रुपमा व्यापार, व्यवसाय, पेशा गर्न पाउने अधिकारलाई सुरक्षित बनाउन परिसंघले माग गरेको हो । साथै यस प्रकारका घटना दोहोरिन नदिन परिसंघले सम्बन्धित सबैमा अपिल समेत गरेको छ । विभिन्न माग राखी आन्दोलन, प्रदर्शन गर्न पाउने अधिकार सुरक्षित भएतापनि यस्ता कार्यले अरु कसैको अधिकार हनन् गर्न हुँदैन भन्नेतर्फ समेत सचेत हुन सम्बन्धित सबैलाई परिसंघले आग्रह गरेको छ ।

परिसंघले शुक्रबारको घटनामा परी निधन भएका व्यक्तिहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । साथै, घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।

Health Tips Ad Road Block