skip this News Page Tips Ad Road Block

काठमाडौंमा लगाइएको कर्फ्यु आदेश स्थगन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । राजावादीको अराजक प्रदर्शनपछि काठमाडौंको तिनकुने आसपास क्षेत्रमा लगाइएको कर्फ्यु आदेश स्थगन गरिएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा (६) क बमोजिम काठमाडौं प्रशासनले शुक्रबारदेखि तीनकुने क्षेत्रमा जारी गरेको कर्फ्यु आदेश आज बिहानदेखि स्थगन गरेको हो । काठमाडौं महानगरपालिका तीनकुने आसपास चारकिल्ला तोकी जारी भएको आदेश आज बिहान ७ बजेदेखि स्थगन गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिएका हुन् ।

उक्त सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी जारी गरिएको हिजो तीनकुनेमा भएको झडपपछि बानेश्वर तिनकुने क्षेत्र, गौशालादेखि एयरपोर्ट, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वरसम्म, कोटेश्वरदेखि जडीबुटी पुलसम्म, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शङ्खमूल पुलसम्म, गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म कर्फ्यु आदेश जारी भएको थियो ।

Health Tips Ad Road Block