काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेको छ । बजारमा चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँ रहेको छ ।
चाँदी प्रतितोला २०२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।






















