Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

कृषि मन्त्रीले नै किनेको हाते ट्याक्टर बिग्रिएर हरेक वर्ष दश हजारभन्दा बढी खर्च

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा प्रयोग हुने यन्त्र तथा उपकरणको गुणस्तरमा प्रश्न उठाएका छन् । ललितपुरमा आज आयोजित नेपाल कृषि मेशिनरी व्यवसायी संघको नवौं वार्षिक साधारण सभामा मन्त्री अधिकारीले एकातिर कृषिलाई यन्त्रीकरण गर्दे जानु पर्ने आवश्यकता छ, अर्को तर्फ यस्ता उपरणको गुणस्तरीयतामा विश्वस्त हुने अवस्था छैन भने । आफू स्वयंले किनेको हाते टयाक्टर बिग्रिएर प्रत्येक वर्ष दश हजारभन्दा बढी खर्च गर्नू परेको वास्तविकता छ ,पचास हजार हालेर किनेको मेसिन मर्मत गरिरहन किसानले खर्च धेरै गर्न परिरहेको छ यो अवस्थाको अन्त्य हुनपर्छ’ मन्त्री अधिकारीले भने ।

कृषि उपकरण खरिद गर्दा गुणस्तरमा निश्चिन्त भएर गर्न पनि किसानहरुलाई मन्त्री अधिकारीले आग्रह गरे । कृषि यान्त्रिकीकरणको प्रवर्द्धनमा व्यवसायीहरुको भूमिका महत्वपूर्ण रहेको र अव यस्ता यन्त्र उपकरण स्वदेशमै बनाउन पहल गर्न व्यवसायीहरुलाई मन्त्री अधिकारीले आग्रह गरे ।
उत्पादन लागत घटाउन, उत्पादकत्व बढाउन, र दीगो कृषि प्रणाली सुनिश्चित गर्न यान्त्रिकीकरणलाई प्राथमिकता दिदै सरकार अघि बढेको छ, मन्त्री अधिकारीले भने ।

आधुनिक कृषि यन्त्र तथा उपकरणहरूमा अनुदानका कार्यक्रमहरु निरन्तर सञ्चालनमा ल्याएका कारण उत्पादन वृद्धि हुदैछ ,यसलाई अझ प्रभावकारी बनाउन सरकार सरोकार पक्षसँग सहकार्य गर्न तयार रहेको पनि मन्त्री अधिकारीले उल्लेख गरेका छन् ।

Health Tips Ad Road Block