काठमाडौं । नेपाली बजारमा पाईने लक्जरी एसयुभी स्काईवेलले नक्सालमा आफ्नो फल्यागसिप सोरूम काठमाडौंको नारायणचौर, नक्सालमा संचालनमा ल्याएको छ। नेपालमा पाईने विद्युतीय सवारी साधनहरूमध्ये सबैभन्दा बढी ६२० किलोमिटर रेन्ज भएको प्रिमियम एसयुभी स्काईवेल इटी फाईभ नेपाली बजारमा एक वर्ष अगाडि भित्रयाएको थियो । स्काईवेलको यो नेपालमा पाँचौ बिक्री कक्ष हो।

मार्च २१, शुक्रबारका दिन चिनियाँ राजदूतावासका डेपुटी चिफ अफ मिसनका वाङ जीन्ले एक समारोहका बीच बिक्री कक्षको उद्घाटन गरे । उद्घाटनका अवसरमा स्काईवेलका डेपुटी जनरल म्यानेजर थोमस झु र कन्ट्रि म्यानेजर भिरा एवं जि मोटर्स प्रालिका चेयरमेन दुर्गा प्रसाद गेलालको उपस्थिती रहेको थियो ।
चीनमा बनेर विश्वका ६५ भन्दा बढी देशमा निर्यात भईरहेको स्काईवेलले युरोप, अमेरिका, अफ्रिका, अस्ट्रेलिया, मिडल इस्ट, रसियासहित एसियामा समेत आफ्नो बलियो बजार साख श्रृजना गरिसकेको छ। स्काईवेल चिनियाँ ईलेक्ट्रोनिक्स् जाईन्ट स्काईवर्षको ब्राण्ड हो। राम्रो फाईनान्सीयल ब्याक अप, रिसर्च एण्ड डेभलपमेन्टमा ठूलो लगानी र गुणस्तरीय उत्पादनका कारण स्काईवेलले विश्व बजारमा बलियो प्रभुत्व कायम गर्न सकेको कम्पनीको भनाइ छ ।
भक्तपुरको राधेराधेमा पहिलो बिक्री कक्ष खोलेर नेपाली बजारमा स्काईवेलले एक बर्ष अगाडि आफ्नो प्रिमियम एसयुभीको बिक्री वितरण शुरू गरेको थियो। नेपाली बजारमा भित्रिएको एक वर्ष भित्रमै राम्रो ब्रण्ड भ्यालु कायम गर्न सकेको स्काईवेलले १०० भन्दा बढी एसयुभीहरू नेपालमा बिक्री गरिसकेको जनाएको छ। नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता जि मोटर्स प्रालि रहेको स्काईवेलले छोटो समयमा हासिल गरेको उपलब्धिको प्रमुख कारण प्रिमियम उत्पादन, स्थापित ब्राण्ड र नेपालमा जि. मोटर्सको बलियो बिक्री पश्वातको सेवा भएको दाबी गरिएको छ ।
कम्पनीका प्रबन्ध निर्देशक कैलाश बाबु गेलाल भन्छन्, ‘हामी देशका सबैभन्दा प्रतिष्ठित ग्राहकलाई हाम्रा गाडी बिक्री गर्छौ, उहाँहरू घरमा आफूसँग भएको प्रिमियम जर्मन कार थन्क्याएर, पर्यावरणको जगेर्ना गर्ने महान् सोचका साथ उही लक्जिरी प्राप्त हुने विकल्पको रूपमा स्काईवेलका एसयुभी चढ्न थाल्नुहुन्छ। त्यो स्तरका ग्राहकलाई हामीले दिनुपर्ने सेवामा हामी कहीँ कति पनि चुक्नेछैनौं। हामी घरमै गएर सेवा दिनुपरे पनि हमेसा तत्पर रहन्छौं। हामी सँग यथेष्ठ स्पेयर्स पार्टस् जगेडा छन् ।’
सो समारोहमा जि मोटर्सका कार्यकारी निर्देशक पारस मणि गेलालले भने, ‘स्काईवेल साधारण ईभी मात्र होईन यो प्रिमियम एसयुभी ब्राण्डको रूपमा छोटो समयमै प्रतिष्ठा आर्जन गर्न सफल भएको लक्जरी सवारी साधन हो। यो सवारी चढेर हिड्ने हाम्रा ग्राहकले जती गर्व गर्नुहुन्छ । यथार्थमा त्यस अनुसारको नेपाली बजारमा ब्राण्ड भ्यालु र सेवा सुविधा बनाउनु हाम्रो दायित्त्व हो । त्यसमा हामी कहि चुक्ने छैनौं।’
साथै कम्पनीले भित्र्याएको स्काईवेल बीई ११ मा को मूल्य ७९ लाख ९० हजार कायम गरिएपनि केही समयका लागि ४ लाख छुटमा ७५ लाख ९० हजार रुपैयाँमै बिक्री गरिने कम्पनीका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले जानकारी दिए ।
एक करोड १५ लाख रूपैयाँ मूल्य सम्म पर्ने स्काईवेलका एसयुभीको शुरूवाती भेरियन्टको ४१० किलोमिटर रेन्ज भएको एसयुभी नै ७९ लाख ९० हजार रूपैयाँ मूल्य पर्दछ । यसै वर्ष स्काईवेलले अहिले सम्मकै प्रिमियम फिचर भएको सानो एसयुभी पनि लिएर आउने जि मोटर्स प्रालिका बिजनेस हेड युग रिमालले जानकारी दिएका छन् ।























