Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

औद्योगिक क्षेत्रमा लोडसेडिङको असर र समाधानका लागि आग्रह

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले मुलुकको औद्योगिक क्षेत्रमा पटकपटक दोहोरिने घोषित/अघोषित लोडसेडिङप्रति गम्भिर चिन्ता व्यक्त गर्दै औद्योगिक क्षेत्रमा लोडसेडिङको असर र समाधानका लागि आग्रह गरेको छ । पछिल्लो समयमा, देशभरका विभिन्न औद्योगिक क्षेत्रहरूमा १२ घण्टासम्मको अनियमित तथा अग्रिम जानकारीबिना गरिएको विद्युत कटौतीले औद्योगिक उत्पादन र व्यवसायिक वातावरणमा गम्भिर असर पुर्याइरहेको महासंघले जनाएकाे छ ।

एक विज्ञप्ति जारी गर्दै महासंघले भनेको छ, ‘लोडसेडिङका कारण उद्योगहरू ठूलो समस्यामा परेका छन् । नियमित तथा आकस्मिक विद्युत अवरोधले उद्योगहरूको निरन्तर सञ्चालन अवरुद्ध गर्दै उत्पादन प्रक्रियामा अनपेक्षित असर पुर्याइरहेको छ, जसका कारण उत्पादनमा भारी गिरावट आएको छ ।’

त्यसैगरी बारम्बार दोहोरिने विद्युत आपूर्तिको अस्थिरताले मेसिनरी र अन्य उपकरणहरूमा क्षति पुर्याई मर्मत, संभार र प्रतिस्थापनमा उद्योगहरूले ठूलो आर्थिक भार बेहोरिरहेको महासंघले जनाएको छ । यस्ता व्यवधानहरूले मुलुकको अर्थतन्त्रमा देखिएको झिनो सुधारलाई प्रभावित पार्दै दीर्घकालीन रूपमा आर्थिक संकटको जोखिम बढाउने सम्भावना बढेको महासंघको ठहर छ ।

यी विषयहरुप्रति ध्यानाकर्षण गराउँदै महासंघले सरकारसँग उद्योग क्षेत्रका लागि अविच्छिन्न, भरपर्दो र नियमित विद्युत आपूर्ति सुनिश्चित गर्न तत्काल आवश्यक कदम चाल्न आग्रह गरेृको छ । साथै दीर्घकालीन रूपमा मुलुकको औद्योगिकीकरणलाई गति दिन, ऊर्जा पूर्वाधारमा थप लगानी गर्न, ऊर्जा आपूर्तिलाई सहज बनाउन तथा निजी क्षेत्रसँग निरन्तर संवाद र सहकार्यलाई सशक्त बनाउन महासंघले आग्रह गरेको छ ।

 

Health Tips Ad Road Block