Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

पक्षघात उपचारका लागि निःशुल्क घोषणा गरिएको औषधि वितरण प्रक्रिया शुरु

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले गत माघ ३ गते निःशुल्क निर्णय गरेको नेपालमा पक्षघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधि अस्पतालमा पठाउने प्रक्रिया शुरु भएको छ । मन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रममा सहयोगी संस्था डाइरेक्ट रिलिफका तर्फबाट प्राप्त औषधि वन हार्ट वल्र्डवाइडका प्रतिनिधिले मन्त्री पौडेलको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा मन्त्री पौडेलले समयमै उपचार पाए ज्यान जोगाउन सकिने भए पनि आर्थिक अभावमा कतिपय नागरिकको ज्यान गएकाले महँगो औषधि सहयोग प्राप्त गरेर उपलब्ध गराइन लागिएको बताए । ‘निकै महँगो औषधी किनेर दिन गाह्रो परेको थियो,’ उनले भने, ‘कसरी उपलब्ध गराउन सकिन्छ भनेर पहल गरेका थियौं । अहिले औषधि उपलब्ध भएको छ ।’

मन्त्री पौडेलले न्युरोलोजीका वरिष्ठ चिकित्सक भएका तीन स्थानमार्फत औषधि उपलब्ध गराउन थालिएको भन्दै नेपालको आवश्यकताका आधारमा थप प्राप्त गरेर उपलब्ध गराउँदै जाने बताए । मन्त्रालयले तीनवटा संघीय अस्पतालमार्फत ती औषधि उपलब्ध गराउनेछ ।

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल तथा भरतपुर अस्पतालमार्फत औषधि उपलब्ध गराइने मन्त्रालयको व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले जानकारी दिए ।

यस्तो औषधिको बजार मूल्य झण्डै दुई लाख पर्छ । तर, आर्थिक अभावमा महँगो औषधि खर्च गर्न नसकेका कारण नेपालमा मानिसको ज्यान जाने तथा अपांगताको समस्या देखिने गरेको छ ।

रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएका व्यक्तिमा पक्षघात हुने अवस्थामा औषधि प्राप्त नहुँदा ज्यान जाने संख्या बढेको मन्त्रालयको विवरणमा छ ।
महँगो तथा पाउन समेत गाह्रो हुने पक्षघातको औषधिको प्राप्ति र सहज उपलब्ध गराउन मन्त्री पौडेलले लामो समयदेखि थालेको पहलस्वरुप अमेरिकी च्यारिटी डाइरेक्ट रिलिफ तयार भएको हो ।

मन्त्रालयसँग च्यारिटीले नेपालको मागका आधारमा पाँच वर्षसम्मका लागि यस्तो औषधि सरकारको मागका आधारमा उपलब्ध गराउने गरी प्रतिबद्धता जनाएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

Health Tips Ad Road Block